सीधे मुख्य सामग्री पर जाएं

सलातुत् तस्बीह

१) इकरमा (रजि.) ले इब्ने अब्बास (रजि.) द्वारा उल्लेख गरे अनुसार अल्लाहका रसूल (स.) ले उनको बुबा (इब्ने अब्बास (रजि) का बुबा) अब्बासलाई भन्नुभयो “हे अब्बास ! हे मेरा प्रिय काका ! के म तपाईलाई एउटा विशेष चिज नदिऊँ? के म तपाईलाई १० वटा यस्ता कुराहरु नभनुँ जसलाई यदि तपाई पूरा गर्नुहुन्छ भने अल्लाह तआलाले तपाइको सुरुका र अन्त्यका, पुराना र नयाँ, जान अन्जानमा, साना र ठूला, अरुको सामुन्ने र एक्लै गरिएका सम्पूर्ण पापहरुलाई क्षमा गरिदिनेछन्? ती १० वटा कुराहरु यी हुन् (अर्थात दुआलाई नमाजका विभिन्न चरण र क्रियामा दस पटक पढ्नु हो) तपाई चार रकअत नमाज पढ्नुहोस् प्रत्येक रकअतमा सूरह फातिहा र अर्को एउटा सूरह पढ्नुहोस् । जुन बेला तपाई पहिलो रकअतको किराअतलाई सम्पन्न गर्नुहुन्छ, कियामकै अवस्थामा भएको बेला १५ पटक यो दुआ पढ्नुहोसः

سُبحانَ اللهِ، والحمدُ للهِ، ولَا إلهَ إلَّا اللهُ، واللهُ أكبر 


अल्लाह पवित्र छन् सम्पूर्ण प्रशंसा एवं आभार केवल अल्लाहका लागि हुन् उनी बाहेक अरु कोही उपस्य छैन र उनी सबैभन्दा महान छन् ।

अनि रुकू गर्नुहोस् र रुकूमा उक्त दुआलाई १० पटक पढ्नुहोस्। अनि रुकूबाट टाउको उठाउनु होस् र १० पटक उक्त दुआ पढ्नुहोस्। अनि सज्दा गर्नुहोस् र १० पटक उक्त दुआ पढ्नुहोस्। अनि सज्दाबाट टाउको उठाएर बस्नुहोस् र १० पटक उक्त दुआ पढ्नुहोस्। अनि दोस्रो सज्दा गर्नुहोस् र १० पटक उक्त दुआ पढ्नुहोस्। अनि सज्दाबाट उठेर बस्नुहोस् र १० पटक उक्त दुआ पढ्नुहोस्। यसरी प्रत्येक रकअतमा तपाई ७५ पटक उक्त दुआलाई पढ्नुहोस्। अनि दोस्रो, तेस्रो र चौथो रकअतमा पनि तपाई ७५ पटक उक्त दुआलाई पढ्नुहोस्। यदि तपाई यो नमाज प्रत्येक दिन पढ्ने सामथ्र्य राख्नुहुन्छ भने पढ्नुहोस्। यदि प्रत्येक हप्ता एक पटक पढ्ने सामथ्र्य राख्नुहुन्छ भने पढ्नुहोस्। यदि वर्षमा एक चोटी पढ्ने सामर्थ्य राख्नुहुन्छ भने पढ्नुहोस् र यदि जिन्दगीमा एक पटक पढ्ने सामथ्र्य राख्नु हुन्छ भने पढ्नुहोस्।” (अबू दाऊद, इब्ने माजा, इब्ने खुजैमा, तबरानी, बैहकी)

टिप्पणियाँ

Unknown ने कहा…
हर प्रकार की प्रशंसा और गुणगान केवल अल्लाह के लिए योग्य है।

सलातुत तसाबीह के बारे में एक हदीस वर्णित है जिसकी सनद नबी सल्लल्लाहु अलैहि व सल्लम तक पहुँचती है और उसे कुछ विद्वानों ने हसन कहा है, किंतु बहुत से लोग उसके ज़ईफ होने और इस नमाज़ के वैद्ध न होने की ओर गए हैं।

तथा इफ्ता की स्थायी समिति से सलातुत्-तसाबीह के बारे में प्रश्न किया गया, तो उसने उत्तर दिया :

सलातुत्-तसाबीह एक बिद्अत है और उसकी हदीस साबित नहीं है, बल्कि वह घृणित है, और कुछ विद्धानों ने उसे मौज़ूआत यानी मनघढ़ंत हदीसों में उल्लेख किया है।

देखिए : फतावा स्थायी समिति 8/163.

तथा शैख इब्ने उसैमीन रहिमहुल्लाह ने फरमाया: सलातुत-तसाबीह वैद्ध और धर्मसंगत नहीं है, क्योंकि उसकी हदीस कमज़ोर है। इमाम अहमद ने फरमाया: वह सहीह नहीं है, तथा शैखुल इस्लाम इब्ने तैमिया ने फरमाया कि यह झूठी है, तथा उन्हों ने कहा कि किसी भी इमाम ने इसे मुसतहब नहीं समझा है, और आप रहिमहुल्लाह ने सच कहा है। क्योंकि जो व्यक्ति इस नमाज़ के अंदर मनन-चिंतन करेगा वह इसके अंदर इसकी कैफियत और इसके तरीक़े के अंदर असामान्यताएं पायेगा, तथा इसकी अदायगी करने में असामान्यताएं पायेगा। फिर यदि वह नमाज़ धर्मसंगत होती, तो उसकी विशेषता और उसके पुण्य के कारण, वह उन चीज़ों में से होती जिसके वर्णन करने पर रिवायतें पर्याप्त होतीं। लेकिन जब ऐसा कुछ भी नहीं है और उसे किसी इमाम ने मुसतहब नहीं समझा है तो इससे पता चला कि वह सही नहीं है। और इसकी अदायगी में असामान्यताओं के कारण का पता उस हदीस से चलता है जिसमें यह रिवायत किया गया है कि वह उसे प्रति दिन एक बार या प्रति सप्ताह या प्रति माह या प्रति वर्ष या जीवन में एक बार पढ़ेगा। और यह इस बात का प्रमाण है कि वह सही नहीं है। यदि वह धर्मसंगत होती तो निरंतर रूप से धर्मसंगत होती, आदमी को उसके अंदर इस तरह के दूर और विस्तृत चुनाव का अधिकार नहीं दिया जाता। इस आधार पर, मनुष्य के लिए उसे पढ़ना उचित नहीं है। और अल्लाह तआला ही सबसे अधिक ज्ञान रखता है।

फतावा मनारूल इस्लाम 1/203.
Mohammad Aamir ने कहा…
Salaam, aap ki baat sahi hai par wo ek rukh hai. Jis andaaz se yahan ek pahlu pe zor diya gaya hai wo sahi nahin hai. Is maamle me ikhtilaaf hai bahat shadeed ikhtilaaf. Mere is hadith ko yaha zikr karne ki wajah ye hai ki aimmae arba'a ne is namaaz ko mustahab qaraar diya hai.

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...