सीधे मुख्य सामग्री पर जाएं

जुमअ्को नमाज


१) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “संसारमा हाम्रो आउने समय सबैभन्दा अन्तिममा हो तर कयामतको दिन सबैभन्दा अगाडि हामी नै जानेछौं (अर्थात सबैभन्दा पहिले हाम्रो विषयमा नै फैसला सुनाइनेछ ) । तर उनीहरु (यहूदी र ईसाइहरु) लाई हामीहरु भन्दा पहिले इशग्रन्थ प्राप्त भएको थियो र हामीहरुलाई उनीहरुपछि प्राप्त भएको हो । यस दिन (अर्थात शुक्रबारको दिन) को सम्मान उनीहरुमाथि अनिवार्य गरिएको थियो तर उनीहरु यस विषयमा असहमत हुन पुगे । र अल्लाह तआलाले हामीहरुलाई (यसदिनको सम्मानको विषयमा सहमत हुन) मद्दत गरे । तसर्थ सम्पूर्ण मानिसहरु हामीहरु भन्दा पछाडि छन् । यहूदीहरु भोलिको दिन (अर्थात शनिवार) को सम्मान गर्छन् र ईसाईहरु पर्सिको दिन अर्थात आइतबार) को सम्मान गर्छन् ।” (बुखारी र मुस्लिम)

२) अबू जअ्द दमरी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जसले जुमअ्को सम्मान नगरी (अर्थात बिना कुनै जायजकारणले) लगातार तीनवटा जुमअ्लाई छोड्यो (जुमअ्को नमाज पढेन) भने अल्लाहले उसको हृदयमा मोहर लगाइदिए ।” (अबू दाऊदतिर्मिजीनसईइब्ने माजा)

३) हफ्सा (रजि.)को भनाई अनुसार अल्लाहका सन्देष्टा (स.) ले भन्नुभयो, “जुमअ्को नमाज पढ्न जानु प्रत्येक वयस्क मुस्लिम पुरुषको लागि अनिवार्य छ ।” (नसई)

४) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) लाई मेम्बरमा चढेर यो भन्दै गरेको सुनें, “केही मानिसहरु जुमअ्को नमाजलाई नपढ्ने बानीलाई त्यागुन् अन्यथा अल्लाह तआलाले उनीहरुको हृदयमा मोहर लगाइदिनेछन् अनि उनीहरु अल्लाहलाई बिर्सिनेहरु मध्येका हुनेछन् ।” (मुस्लिमअहमदनसई) ।

५) तारिक बिन शिहाब (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “जुमअ्को नमाज प्रत्येक मुस्लिमको लागि जमाअतका साथ पढ्न अनिवार्य गरिएको छ । तर यी चार व्यक्तिहरुको लागि अनिवार्य गरिएको छैनः दासमहिलाबच्चा र बिरामी ।” (अबू दाऊद)

६) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जसले जुमअ्को नमाजको लागि दिइएको अजान सुन्यो तर ऊ मस्जिदमा गएन उसको कुनै नमाज छैन यदि उसको कुनै विशेष कारण छैन भने (अर्थात कुनै विशेष कारण छ भने जुमअ्को नमाजको लागि मस्जिद नजाने अनुमति छ) ।” सहाबीहरु (रजि.) ले सोधे “हे अल्लाहका रसूल ! त्यो विशेष कारण के हो ?” उहाँ (स.) ले भन्नुभयो “रोग वा त्रास ।” (अबू दाऊद) 

७) इब्ने अब्बास (रजि.) ले भन्नुभयो” यसरी नै त्यस पवित्र अस्तित्वले गर्नु भएको थियो जो म भन्दा उत्तम हुनु हुन्थ्यो (अर्थात अल्लाहका रसूल (स.)) । जुमअ्को नमाज अनिवार्य हो र मलाई तिमीहरुलाई हिलो र चिप्लिने ठाँउ हुँदै मस्जिद बोलाउन मन लागेन ।” (अबू दाऊदइब्ने माजा)

८) सलमा बिन अकू (रजि.) भन्छिन्हामी अल्लाहका रसूल (स.) सँग जुमअ्को नमाज पढेर घर फर्कदा पर्खालहरुको छाँया हुँदैनथ्यो । (बुखारीमुस्लिमअबू दाऊद) 

९) अनस (रजि.) को भनाई अनुसार धेरै जाडो भएको बेला अल्लाहका रसूल (स.) जुमअ्को नमाजलाई चाँडै पढाउनु हुन्थ्यो र अत्यन्तै गर्मी भएको बेला जुमअ्को नमाजलाई शीतल भएपछि पढाउनुहुन्थ्यो ।” (बुखारी)

१०) इब्ने अब्बास (रजि.) भन्छन् “अल्लाहका रसूल (स.) को मस्जिदमा जुमअ्को नमाज पढिए पछि इस्लाममा पहिलो जुमअको नमाज जुन स्थानमा पढिएको थियो त्यो बहरैनको एउटा गाउँ “जुवासा” थियो । (बुखारीअबू दाऊद)

११) इब्ने उमर (रजि.) मक्का मुअज्जमा र मदीना मुनव्वरा को बीचमा स्थित साना साना बस्तीहरुमा मानिसहरुलाई जुमअको नमाज पढेको देख्थे तर उनीहरु प्रति कुनै आपत्ति जनाउँदैन थिए । (अब्दुर्रज्जाक)

१२) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “प्रत्येक कुरा जुन अल्लाहको प्रशंसा एवं गुणगानबाट सुरु हुँदैन त्यो अधुरो हुन्छ ।” (अबू दाऊदअह्मद)

१३) जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) उभिएर खुत्बा दिनु हुन्थ्यो र दुबै खुत्वाको अन्तरालमा बस्नु हुन्थ्यो । उहाँ (स.) कुरआनका आयतहरुको वाचन गर्नुहुन्थ्यो र मानिसहरुलाई उपदेश दिनुहुन्थ्यो । (मुस्लिमअबू दाऊदनसईइब्ने माजा)

१४) उम्मे हिशाम बिन्त हारिसा बिन नुअ्मान (रजि.) भन्नु हुन्छ, “मैले सूरह काफलाई अल्लाहका रसूल (स.) ले पढेको सुनेर नै कण्ठ पारें ।” उहाँ (स.) प्रत्येक शुक्रवार मिम्बरमा चढेर खुत्बा दिँदा यस सूरहको वाचन गर्नुहुन्थ्यो । (अहमदमुस्लिमअबू दाऊदनसई)

१५) उबै बिन कअ्ब (रजि.) भन्नुहुन्छ, “मैले अल्लाहका रसूल (स.) लाई शुक्रबार मिम्बरमाथि चढेर मानिसहरुलाई उपदेश दिने क्रममा सूरह ‘तबारकल् लजी’ को वाचन गरेर सुनाउनु भएको सुनें ।” (इब्ने माजा)

१६) इब्ने उमर (रजि.) को भनाई अनुसार शुक्रबारको दिन अल्लाहका रसूल (स.) उभिएर खुत्बा दिनुहुन्थ्यो अनि उहाँ (स.) बस्नु हुन्थ्यो फेरी उभिनु हुन्थ्यो जसरी हिजो आज मानिसहरु (इमामहरु) गर्छन् । (बुखारीमुस्लिमअबू दाऊदनसईतिर्मिजीइब्ने माजाअह्मद)

१७) जाबिर बिन समुरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) को नमाज मध्यम र उहाँ (स.) को खुत्बा मध्यम हुने गथ्र्यो । (मुस्लिमअह्मदतिर्मिजीनसईइब्ने माजा)

१८) अम्मार बिन यासिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जसको नमाज लामोखुत्बा छोटो हुन्छ यो उसले दीन (इस्लाम) लाई बुझ्ने पहिचान हो तसर्थ तिमीहरु नमाजलाई लामो गर र खुत्बालाई छोटो पार ।” (अहमदमुस्लिम)

१९) जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले खुत्बा दिंदा उहाँ (स.) को आँखा रातो हुन्थ्यो र उहाँ (स.) को स्वर ठूलो हुन्थ्यो । अनि उहाँ (स.) को रीस बढेर जान्थ्यो मानौं उहाँ (स.) सबै जनालाई सन्ध्यासम्म वा भोलि पल्ट बिहानसम्म युद्ध गर्न आई पुग्ने सूचना दिइरहनुभएको छ । (मुस्लिमइब्ने माजा)

२०) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) हामीहरुलाई खुत्बा दिइरहनु भएको थियो अनि हसन (रजि.) र हुसैन (रजि.) आईपुगे । त्यतिबेला उनी दुबैले रातो कमीज लगाएका थिए र उनीहरु दौडेर आईरहेका थिए । उहाँ (स.) मिम्बरबाट तल ओर्लिनु भयो र उनीहरुलाई बोकेर आफ्नो अगाडि राख्नुभयो । अनि उहाँ (स.) ले भन्नुभयो, “अल्लाहले नितान्त सत्य भनेका छन्तिमीहरुका सम्पत्ति एवं सन्तान परीक्षा सामग्री हुन्” मैले यिनीहरुलाई दौडेर आएको देखेर सहन गर्न सकिनँ र मैले आफ्नो खुत्बालाई रोकेर यिनीहरुलाई बोकेँ ।” (अह्मदअबू दाऊदतिर्मिजीनसईइब्ने माजा)

२१) अबू रिफाआ अदवी (रजि.) भन्छन्, “म मस्जिदमा आएँ र देखें कि अल्लाहका रसूल (स.) खुत्बा दिइरहनु भएको छ । मैले भनें, “हे अल्लाहका रसूल ! एकजना अपरिचित व्यक्ति छ जसलाई आफ्नो दीनको विषयमा केही थाहा छैन र ऊ थाहा पाउन चाहन्छ ।” उहाँ (स.) मतिर फर्कनु भयो र खुत्बालाई रोकिदिनु भयो । उहाँ (स.) मेरो नजिक आउनुभयो र एउटा काठको कुर्सी मगाउनुभयो जसको खुट्टा फलामको थियो । उहाँ (स.) त्यसमा बस्नु भयो र मलाई दीनको विषयमा बताउन थाल्नु भयो । अनि उहाँ (स.) मिम्बरमा उक्लनु भयो र आफ्नो खुत्बालाई निरन्तरता दिनुभयो ।” (मुस्लिमनसई)

२२) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “शुक्रवारको दिन इमामले खुत्बा दिइरहेको बेला जो कुराकानी गर्छ ऊ त्यस गधा सरह हो जसको पिठ्यूँमा किताबहरुको भार राखिएको छ र जसले अर्को (कुरा गर्ने) व्यक्तिलाई “चुप लाग” भन्छ उसको जुमअ छैन ।” (अह्मदइब्ने अबी शैबाबज्जारतबरानी)

२३) अब्दुल्लाह बिन उमर(रजि.)को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “जुमअको नमाज पढ्न तीन थरीका मानिसहरु आउँछन्ः एउटा त्यो व्यक्ति हो जो आएर अनावश्यक कुरा गर्छतसर्थ उसले यही कुराहरु पाउनेछ । दोश्रो त्यो व्यक्ति जो अल्लाहसँग दुआ गर्दछ । यदि अल्लाहले चाहे भने उसको दुआ स्वीकार्ने छन् र चाहे भने स्वीकार्ने छैनन् । तेस्रो त्यो व्यक्ति जो आउँछ र मौन र शान्तिका साथ बस्छकुनै मुस्लिमको घाँटी नाघ्दैन र न कसैलाई दुःख दिन्छ भने यस कार्यले गर्दा उसको आउने शुक्रबारसम्म र तीन थप दिनसम्मका पापहरुलाई क्षमा गरिनेछ । किनकी अल्लाह तआला भन्छन्, “जो अल्लाहकहाँ पुण्यकर्म लिएर आउनेछ उसलाई त्यसको दसगुणा पुण्य प्राप्त हुनेछ ।” (अह्मदअबू दाऊद)

२४) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “ इमामले खुत्बा दिइएको समयमा यदि तिमीले आफ्नो साथीलाई चुप लाग भन्यौ भने तिमीले अनावश्यक कुरा गर्यौं ।”१४ (बुखारीमुस्लिमअबू दाऊदनसईतिर्मिजी)

२५) उस्मान (रजि.) मिम्बरमा बसेपछि मुअज्जिन अजान दिइरहेको हुन्थ्यो र उहाँ सबैसँग उनीहरुको हालखबर सोधिरहेको हुनुहुन्थ्यो । (मुस्नद इमाम अह्मद (रह.))

२६) समुरा बिन जुन्दुब् (रजि.)को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “अल्लाहको स्मरण तर्फ आऊइमामको नजिक आएर बस किनकी मानिस टाढा हुँदै जान्छ र यदि स्वर्गमा प्रवेश गर्ने अवसर प्राप्त हुन्छ भने स्वर्गमा पनि ढीलो प्रवेश पाउँछ ।” (तिर्मिजी)

२७) मआज (रजि.) को भनाई अनुसार अल्लाहका सन्देष्टा (स.) ले खुत्बा भईरहेको बेलामा मानिसहरुले आफ्नो खुट्टालाई सिधा पारेर पेटसँग टाँसेर राख्नबाट मनाही गरेका छन् । (तिर्मिजी)

२८) मआजबिन जुहैनी (रजि.) ले आफ्नो बुबाबाट उल्लेख गरे अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “जो शुक्रबारको दिन मानिसहरुको गर्धन (काँध) लाई नाघेर अगाडि गयो त्यसलाई (काँध नाघेर जाने कार्यलाई) नर्कको पुल बनाई दिइनेछ ।” (तिर्मिजी)

२९) अबू हुरैरह (रजि.)को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि तिमीहरुमध्ये कोही आफ्नो ठाउँबाट उठेर जान्छ भने फर्केर आएपछि ऊ त्यहाँ बस्ने बढी अधिकार राख्छ ।” (मुस्लिमअह्मद) । इब्ने उमर (रजि.) को विषयमा भनिएको छयदि कोही आफ्नो ठाउँबाट उठेर जान्थ्यो भने उनी त्यस ठाउँमा बस्नु हुन्नथ्यो । (अह्मदमुस्लिम)

३०) जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) मिम्बरमा चढेपछि सबैजनालाई “अस्सलामु अलैकुम्” भन्नुहुन्थ्यो । (इब्ने माजा) । इमाम शअ्बी (रह.) भन्नुहुन्छ “अबू बक्र (रजि.) र उमर (रजि.) पनि यही गर्नुहुन्थ्यो ।”

३१) अब्दुल्लाह बिन अबी राफिअ् (रजि.) को भनाई अनुसार मर्वानले अबू हुरैरह (रजि.) लाई मदीना मुनव्वराको हाकिम चयन गरे । त्यसै समय अबू हुरैरह (रजि.) एक पटक मक्का मुअज्जमा आए । उनले जुमअ्को नमाजको पहिलो रकअतमा सूरह जुमुअह् र दोस्रो रकअतमा “इजा जाअकल् मुनाफिकून” पढे । नमाज सकेपछि मैले उनलाई भनें “तपाईले नमाजमा त्यही सूरहहरु पढ्नुभयो जुन अली (रजि.) कुफामा पढ्ने गर्थे ।” अबू हुरैरह (रजि.) ले जवाफ दिए, “मैले अल्लाहका रसूल (स.) लाई शुक्रबारको दिन यही दुई सूरहहरु पढेको सुनेको छु ।” (मुस्लिमअहमदअबू दाऊदतिर्मिजीइब्ने माजा) 

३२) नुअ्मान बिन बशीर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) जुमअ्को नमाजको पहिलो रकअतमा सूरह जुमुअह् र दोस्रो रकअतमा “हल् अताक हदीसुल् गाशियह” पढ्ने गर्नुहुन्थ्यो । (मुस्लिमअह्मदअबू दाऊदतिर्मिजीइब्ने माजा)

३३) नुअ्मान बिन बशीर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) दुबै ईद र जुमअ्को नमाजमा सूरह “सब्बि हिस्म रब्बिकल् अअ्ला” र हल् अताक हदीसुल् गाशियह” पढ्ने गुर्नुहुन्थ्यो । (मुस्लिमअह्मदअबू दाऊदतिर्मिजीइब्ने माजा)

३४) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जसले जुमअ्को नमाजको दोस्रो रकअतको रुकूलाई पायो उसले थप एक रकअत पढोस् तर जसले (दोस्रो रकअतको) रुकू पनि पाएन उसले चार रकअतहरु पढोस् ।” (दार कुत्नी)

३५) इब्ने उमर (रजि.)को भनाई अनुसार अल्लाहका रसूल (स.) जुमअ्को नमाजपछि आफ्नो घरमा दुई रकअत नमाज पढ्ने गर्नुहुन्थ्यो । (बुखारीमुस्लिमअबू दाऊदतिर्मिजीनसईइब्ने माजा)

३६) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जुमअ्को नमाज पछि तिमीहरुमध्ये कोही नमाज पढ्छ भने उसले चार रकअत नमाज पढोस् ।” (मुस्लिमअबू दाऊदतिर्मिजी)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...