१) अबू दर्दा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो “जसले राम्रो सित वुजु गरेर दुई रकअत नमाज पढ्यो अल्लाह तआलाले उसको
प्रत्येक दुआलाई ढिलो वा चाँडो अवश्य पूरा गर्नेछन् ।” (मुस्नद इमाम अह्मद)
२) अब्दुल्लाह बिन उबै औफा (रजि.) को भनाई अनुसार अल्लाहका
रसूल (स.) ले भन्नुभयो “यदि कोही व्यक्ति अल्लाह तआलाबाट वा कुनै मनुष्यबाट आफ्नो
आवश्यकताको पूर्ति गर्न चाहन्छ भने उसले एकदमै राम्ररी वुजु गरेर दुई रकअत नमाज
पढ्नुपर्छ । अनि अल्लाह तआलको प्रशंसा गर्दै अल्लाहका रसूल (स.) माथि दरुद पठाएपछि
निम्न लिखित दुआ पढ्नुपर्छ ।
لَا اِلَهَ اِلَّا اللهُ الْحَلِيْمُ الْكَرِيْمُ سُبْحَانَ اللهِ
رَبِّ الْعَرْشِ الْعَظِيْمِ اَلْحَمْدُ ِللهِ رَبِّ الْعَالَمِيْنَ اَسْاَلُكَ
مُوْجِبَاتِ رَحْمَتِكَ وَعَزَائِمَ مَغْفِرَتِكَ وَالْغَنِيْمَةَ مِنْ كُلِّ
بِرٍّ وَالسَّلَامَةَ مِنْ كُلِّ اِثْمٍ لَا تَدَعْ لِيْ ذَنْبًا اِلَّا
غَفَرْتَهُ وَلَا هَمًّا اِلَّا فَرَجْتَهُ وَلَا حَاجَةً هِيَ لَكَ رِضًا اِلَّا
قَضَيْتَهَا يَا اَرْحَمَ الرَّاحِمِيْنَ, آمين
अर्थः अल्लाह बाहेक कोही उपास्य छैन । उनै हुन सहिष्णु एवं
कृपालु । अल्लाह पवित्र छन् जो सबैभन्दा ठूलो अर्श (सिंहासन) को मालिक । सारा
प्रशंसा एवं आभार केवल अल्लाहका लागि हुन् जो समस्त जगतका पालकर्ता हुन् । हे
अल्लाह ! म तिमीसित ती कामहरु गर्ने साहस चाहन्छु जुन तिम्रो दया एवं क्षमाका कारण
हुन् । म तिमीसित तिम्रो आज्ञापालन र प्रत्येक पापबाट बच्ने साहस चाहन्छु । मेरा
पापहरुलाई क्षमा गरिदेऊ । मेरो मनको चिन्तालाई पर हटाईदेऊ र तिम्रो अनुसार मेरो
प्रिय आवश्यकतालाई पूरा गरिदेऊ । हे सारा दया गर्नेहरु भन्दा धेरै दयावान ! मेरो
दुआलाई स्वीकार्य बनाईदेऊ । (तिर्मिजी)
टिप्पणियाँ