१) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले मदीनाबासीहरुका लागि जुल्–हलीफा, सीरियाबासीहरुका लागि हुज्फह, यमनबासीहरुका लागि यलम्लम र नज्दबासीहरुका लागि कर्नलाई मीकात निश्चित गर्नुभयो र भन्नुभयो “यो मीकात यस वरपरका मानिसहरुको लागि हो र तिनीहरुको लागि हो जो हज तथा उम्रहको नियतले यी ठाउँहरुबाट आउँछन् । जसको घर मीकात र मक्काको बीचमा रहेको छ उसको मीकात त्यही हो जहाँबाट ऊ हिँड्छ । मक्काबासीहरुको मीकात पनि उनीहरुका घर हुन् । (बुखारी, मुस्लिम, अह्मद, आदि)
२) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले इराकबासीहरुको लागि जात इराकलाई मीकात निश्चित गर्नुभयो । (अबू दाऊद, नसई)
३) अबदुर्रहमान बिन अबी बक्र (रजि.) को भनाई अनुसार जुन दिन अल्लाहका रसूल (स.) (हिज्जतुल् विदाअ् पछि मदीना मुनव्वरह) जाने तर्खरमा हुनुहुन्थ्यो त्यस बेला उहाँ (स.) ले भन्नुभयो, “यो उँटनी लिएर जाऊ, यसमा आफ्नी बहिनी (आइशा (रजि.)) लाई पनि चढाऊ । जब तिमी तन्ईम (मक्का मुअज्जमा भन्दा चार मीलको दुरीमा रहेको एउटा ठाँउ हो जुन हरम .(कअ्बा) को सीमा भन्दा बाहिर मक्का मुअज्जमाको सबैभन्दा नजिकको ठाउँ हो) को टिल्लो (ढिस्को) मा पुगेर ओर्ल र इह्राम बाँध अनि फेरी (उम्रहको लागि) जाऊ, किनकी यो उम्रह अल्लाह तआला कहाँ स्वीकार्य गरिने उम्रह हो ।” (बुखारी, मुस्लिम, अह्मद, आदि)
“(हे मुहम्मद)) मानिसहरुले तिमीसित चन्द्रमाको (घटदो, बढ्दो अवस्थाहरुको) बारेमा सोध्छन् । भनिदेऊ, “त्यो त मानिसहरुका लागि तिथि निर्धारण गर्ने तथा हजको समय थाहा पाउने माध्यम हो ।” (सूरह अल् बकरह १८९)
४) इब्ने अब्बास (रजि.) को भनाई छ “हजको लागि इह्राम हजका महिनाहरुमा नै बाँध्नु सुन्नत हो ।” (बुखारी)
५) इब्ने उमर (रजि.) को भनाई छ “हजका महिनाहरु शव्वाल, जिल् कअ्दा र जिल्–हिज्जाका १० तारिखसम्म हुन् ।” (बुखारी)
टिप्पणियाँ