सीधे मुख्य सामग्री पर जाएं

इह्राम

**इह्रामको शाब्दिक अर्थ कुनै यस्तो अवस्थामा (चिजमा) प्रवेश गर्नु हो जसले मानिसमाथि केही कामहरुलाई अबैध बनाइदिन्छ जुन त्यस भन्दा पहिले उसको लागि वैध थिए । यसको पारिभाषिक अर्थ अनुसार हज वा उम्रहको अवस्थामा प्रवेश गर्नु (अर्थात तिनको नियत गर्नु) हो । (अल्–मिस्बाह अल्– मुनीर आदि) 

#गुस्ल

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) इह्राम बाँध्ने नियत गर्दा खनमी (बेरीका पातहरु जस्तै एउटा चिज) र उश्नान (एक प्रकारको बास्नादार चिज जुन चिलाउने रोगको उपचारको लागि प्रयोग हुन्छ) ले आफ्नो टाउको धुनु हुन्थ्यो र त्यसमा अलिकति तेल लगाउनु हुन्थ्यो । (अह्मद र दार कुत्नी) 

२) जैद बिन साबित (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले इह्रामको लागि गुस्ल गर्नुभयो । (तिर्मिजी) 

३) जाबिर (रजि.) द्वारा उल्लेखित हदीस पहिले नै उल्लेख गरिसकिएको छ जस अनुसार अबू बक्र सिद्दीक (रजि.) की पत्नी अस्मा बिन्त उमैस (रजि.) को छोरा मुहम्मद बिन अबी बक्र (रजि.) को जन्म भयो । उनले अल्लाहका रसूल (स.) कहाँ सन्देश पठाइन् र सोधिन् “अब के गर्ने ?” उहाँ (स.) ले उनलाई जवाफ पठाउनु भयो “गुस्ल गर र रगत आउने ठाउँमा लुगा राखेर इह्राम बाँध ।” (मुस्लिम, अहमद, अबू दाऊद, इब्ने माजा, नसई, आदि) 

#सुगन्धित हुनु 

४) आइशा (रजि.) भन्छिन् “मानौ म अहिले पनि अल्लाहका रसूल (स.) टाउकोमा सुगन्धको चमक देखिरहेकी छु जबकि उहाँ (स.) इह्रामको अवस्थामा हुनुहुन्थ्यो । (बुखारी, मुस्लिम, अह्मद, आदि) 

५) आइशा (रजि.) कै भनाई छ “म इह्रामको लागि अल्लाहका रसूल (स.) को शरीरमा उहाँ (स.) ले इह्राम बाँध्नु अगाडि नै सुगन्ध लगाइदिने गर्थें । यसरी नै म उहाँ (स.) ले कअ्बाको तवाफ (तवाफे इफादा) गर्नुभन्दा पहिले इह्राम खोलेपछि पनि उहाँ (स.) को शरिरमा सुगन्ध लगाउने गर्थें ।” (बुखारी र मुस्लिम) 

६) आइशा (रजि.) ले नै उल्लेख गरेको तेस्रो हदीस अनुसार अल्लाहका रसूल (स.) जब इह्रामको नियत गर्नु हुन्थ्यो तब उहाँ (स.) सँग जुन सबैभन्दा राम्रो अत्तर हुन्थ्यो, उहाँ (स.) त्यही प्रयोग गर्नुहुन्थ्यो यतिसम्मकि म तेलको चमक इह्रामको अवस्थामा पनि उहाँ (स.) को टाउको र ढारीमा देख्थें । (बुखारी र मुस्लिम) 

७) यअ्ला बिन उमैया (रजि.) को भनाई छ, “हामी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भएका थियौं । त्यसबेला उहाँ (स.) “जअराना” मा उपस्थित हुनुहुन्थ्यो र एकजना आयो । उसले जुब्बा (एक प्रकारको पहिरन जसले काँध देखि तल खुट्टासम्म छोपेको हुन्छ) लगाएको थियो । त्यसमा केशरको धब्बा लागेको थियो । उसले अल्लाहका रसूल (स.) सँग सोध्यो “तपाईको आदेश के छ म आफ्नो उम्रह कसरी गरुं ?” उहाँ (स.) ले भन्नु भयो “आफ्नो जुब्बा फुकाल र आफूमाथि लागेको केसरको धब्बालाई धोएर सफा गर र आफ्नो उमरह त्यसरी नै गर जसरी तिमी आफ्नो हज गर्छौ ।” (बुखारी, मुस्लिम, अह्मद) 

#इह्रामको कपडा सेतो हुनु 

८) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स्.) ले भन्नुभयो “तिमीहरुका (पुरुषहरुका) कपडा सबै भन्दा उत्तम सेतो रङ्गका हुन् । तसर्थ तिमीहरुमध्ये जीवितहरु पनि सेतो रङ्गगका कपडा लगाऊ र तिमीहरुका मृतकहरुलाई पनि सेतो रङ्गको कफन लगाऊ ।” (बैहकी, आदि) 

#दुई रकअत नमाज 

९) अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले जुल् हलीफामा दुई रकअत नमाज पढ्नु भयो र जब उहाँ (स.) को सवारी उभियो तब उहाँ (स.) ले तल्बिया भन्नु भयो । (बुखारी र मुस्लिम आदि)


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...