सीधे मुख्य सामग्री पर जाएं

इह्रामका प्रकारहरु


१) इफ्राद अर्थात केवल हजको नियत गरेर इह्राम बाँध्ने । 

२) तमत्तुअ् अर्थात केवल उम्रहको नियत गरेर इह्राम बाँध्ने । उम्रह समाप्त भएपछि इह्राम खोल्ने अनि फेरी तर्बियाको दिन (८ जिल् हिज्जाको दिन) हजको नियत गरेर दोस्रो पटक इह्राम बाँध्ने । 

३) किरान अर्थात हज र उम्रह दुबैको नियत गरेर इह्राम बाँध्ने । वा इह्राम केवल उम्रहको नियत गरेर बाँध्ने तर उम्रह समाप्त हुनु अघि नै हजको पनि नियत गर्ने र हज समाप्त नहोउन्जेलसम्म इह्राम नखोल्ने । 
 
इह्रामका यी तिनैवटा प्रकारहरु सम्पुर्ण इमामहरुका अनुसार सही हुन् । ( अल्–फत्ह अल्–रब्बानी, आदि) 

१) आइशा (रजि.) को भनाई छ, हिज्जतुल् विदाअ्को अवसरमा हामीहरु अल्लाहका रसूल (स.) सँग हिँड्यौ । हामीहरुमध्ये केहीले केवल उम्रहको लागि इह्राम बाँध्यौं, केहीले हज र उम्रह दुबैको लागि इह्राम बाँधे र केहीले केवल हजको लागि इह्राम बाँधे । अल्लाहका रसूल (स.) ले केवल हजको लागि इह्राम बाँध्नुभयो । जसले केवल उम्रहको लागि इह्राम बाँधेको थियो उसले त्यहाँ पुगेर (अर्थात उम्रहका रीतिहरु सकेर) इह्राम खोलिदियो । जसले हज वा हज र उम्रह दुबैको लागि इह्राम बाँधेको थियो उसले कुर्बानी गर्ने दिन (अर्थात १० जिल्हिज्जाको दिन) सम्म इह्राम खोलेन ।” (बुखारी, मुस्लिम, अह्मद, मालिक, आदि) 

#किरान 

२) अनस (रजि.) जब हजको लागि जाँदै थिए तब उनले बाटोमा भने “म अल्लाहका रसूल (स.) कै पदचिन्ह अनुसार हिँडिरहेको छु । उहाँ (स.) हज र उम्रह दुबैको तलबिया भनिरहनु भएको थियो ।” (बुखारी, मस्लिम, अह्मद) 

#तमत्तुअ 

३) जाबिर बिन अब्दुल्लाह (रजि.) द्वारा उल्लेखित (माथिको शिर्षक हजका रीतिहरु) मा यसको उल्लेख भईसकेको छ कि अल्लाहका रसूल (स.) जब सफा र मर्वाको बीच सई गरिसक्नु भयो तब उहाँ (स.) ले भन्नुभयो, “यदि मलाई पहिले नै ज्ञात भएको भए म आफू सित कुर्बानीको जनावर ल्याउने थिइन र आफ्नो हजको इह्रामलाई उम्रहको इहराम बनाउने थिएँ । तसर्थ जोसँग कुर्बानीको जनावर छैन, उसले इह्राम खोलोस् र आफ्नो इह्रामलाई उम्रहको इह्राम बनाओस् ।” (मुस्लिम, अबू दाऊद आदि) 

४) अबू जम्रह दबई (रजि.) को भनाई छ, मैले तमत्तुअ गरें र केही मानिसहरुले मलाई मनाही गरे । म इब्ने अब्बास (रजि.) कहाँ गएँ र उनीसित सोधें । उनले मलाई तमत्तुअ गर्ने आदेश दिए । अनि म मस्जिदे हराम गएँ । त्यहाँ म निदाएँ । सपनामा मेरो नजिक एकजना आयो र उसले मलाई भन्यो “उम्रह र हज दुबै स्वीकार्य होस्” । म इब्ने अब्बास (रजि.) कहाँ गएँ र उनलाई आफ्नो सपनाको विषयमा बताएँ । उनले भने “अल्लाहु अक्बर” ! यो त अल्लाहका रसूल (स.) को सुन्नत हो ।” .(बुखारी, मुस्लिम अह्मद, बैहकी, आदि) 

#इफ्राद 

५) आइशा (रजि.) को भनाई अनुसार हिज्जतुल् विदाअ्को अवसरमा अल्लाहका रसूल (स.) ले मानिसहरुलाई आदेश दिनुभयो कि जो हज भन्दा पहिले उम्रहको इह्राम बाँध्न चाहन्छ, बाँधोस् । स्वयं अल्लाहका रसूल (स.) ले केवल हज (इफराद)को इह्राम बाँध्नु भयो र उहाँ (स.) ले उमरह गर्नु भएन । (मुस्लिम, अबू दाऊद, तिर्मिजी नसई, इब्ने माजा, अह्मद) 


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...