१) आइशा (अल्लाह उनीसँग प्रसन्न होऊन) को भनाई छ, अबू सुफ्यानकी पत्निले अल्लाहका सन्देष्टा (उनीमाथि शान्ति होस्) लाई भनिन्, अबू सुफ्यान कन्जुस मान्छे हो, ऊ मलाई र मेरो सन्तानलाई खर्च गर्न आवश्यक पर्ने जती दिदैन, तर म स्वयं उसलाई थाहा नदिई केही लिन्छु । उहाँ (माथि शान्ति होस्) ले भन्नुभयो, "जती तिमीलाई र तिम्रो सन्तानलाई पर्याप्त हुन्छ त्यति मात्रै लिऊ ।" (बुखारी)
नेपाली भाषीहरूका लागि अल्लाहका रसूल (स.) का अमूल्य हदीसहरूको नेपाली अनुवाद।