१) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "मनुष्य आफ्नो साथीको दीन (तरिका) मा हुन्छ। साथी बनाउनुभन्दा अघि को सँग मित्रता गाँसिदैछ भन्ने कुरा राम्ररी हेर्नुपर्दछ ।" (अहमद)
२) हजरत मिक्दाम बिन मअदीकर (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जब कोहि आफ्नो मुस्लिम दाजुभाईलाई प्रिय ठान्छ भने उसले बताओस कि ऊ (मुस्लिम दाजुभाई) सँग प्रेम गर्दछ ।" (अबू दाऊद)
३) हजरत अबू सईद (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "(आफ्नो ईमानको स्तरलाई मजबुत र सुदृढ पार्नको लागि) केवल एउटा मुअमिनसँग मित्रता गाँस र तिम्रो खाना केवल पवित्र व्यक्तिहरूले मात्र खाऊन ।" ( तिर्मिजी)
४) हजरत उमर (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "तिम्रो प्रेम पागलपनको हदसम्म नपुगोस् र तिम्रो दुश्मनी (अरुलाई) दुख दिने हदसम्म नपुगोस् ।"
(उमरले भन्नुभयो) मैले भनें, "यो कसरी?" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "यदि तिमी प्रेम गर्छौ भने बालबालिका झैं व्यवहार न गर र यदि तिमी रिसाउँछौ भने ज्यान र धनमालको हानी हुने गरी नरिसाऊ ।" (अल-अदब अल-मुफरद)
५) हजरत उबैद किन्दी (रजियल्लाहु अन्हु) को भनाई छ, उहाँ भन्नु हुन्छ कि मैले अली (रजियल्लाहु अन्हु) लाई भन्दै गरेको सुनें, "आफ्नो साथीसँग (को प्रेममा) मध्य बाटो अपनाऊ हुन सक्छ कि भोलि ऊ तिम्रो शत्रु हुन पुगोस् र आफ्नो शत्रुसँग (को दुश्मनीमा) मध्य मार्ग अपनाऊ हुन सक्छ कि भोलि ऊ तिम्रो मित्र हुन पुगोस् ।" (हदीस)
६) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु ) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, मुअमिन पूर्ण रूपले प्रेम हो । त्यस (मुअमिन) मा कुनै भलाई छैन जो न कसैसँग प्रेम गर्छ र न कसैको प्रेम पाउँदछ । (अहमद)
७) हजरत अबू कातादह (रज़ियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जसले गरिबलाई अवसर प्रदान गर्छ (कर्जा लिएको व्यक्तिलाई कर्जा दिनको दिनको लागि समय दिन्छ) वा त्यसमाथि रहेको आफ्नो अधिकारलाई माफ गर्छ (आफ्नो कर्जालाई माफ गरिदिन्छ) भने अल्लाह कयामत (महाप्रलय ) को दिनको कठिनाइबाट उसलाई मुक्त गरिदिने छन् ।" (मुस्लिम)
८) हजरत जाबिर (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "अल्लाह त्यस व्यक्ति माथि दया गरुन् जो किनबेच गर्दा र उधारो दिएको पैसा माग्दा नम्रता अपनाउँछ । (बुखारी)
९) हजरत अस्मा बिन्त यजीद (रजियल्लाहु अन्हा) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जो आफ्नो मुस्लिम भाईको मासुको सुरक्षा गर्दछ अर्थात उसको अनुपस्थितिमा उसको कुरा काटिनुबाट रोक्छ भने अल्लाहको लागि यो अनिवार्य हुन्छ कि उसलाई नर्कको आगोबाट मुक्ति प्रदान गरुन ।" (बैहकी)
१०) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "हुस्ने जन (सकारात्मक सोँचाई) उपासनाको एक भाग हो । (अहमद)
११) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "मुस्लिम मुस्लिमको भाई हो । ऊ न त उसलाई बिना सहायताको छोड्दछ, न उसँग झूठो कुरा गर्दछ र न ऊ माथि अत्याचार गर्दछ । र, निस्सन्देह तिमीहरू मध्ये प्रत्येक व्यक्ति अर्कोको लागि ऐना हो । यदि उसमा कुनै कमि देख्छ भने उबाट त्यस (कमि) लाई पर हटाउँदछ ।" (तिर्मिजी)
१२) हजरत अब्दुल्लाह बिन जाफर (रजियल्लाहु अन्हु) को भनाई छ, वहाँ (रजियल्लाहु अन्हु) भन्नुभयो, जब हजरत जाफर (रजियल्लाहु अन्हु) को शहदतको सूचना आयो नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जाफरको घरका सदस्यहरूको लागि खाना पकाऊ। उनीहरू माथि यस्तो समस्या आई परेकोछ जसले उनीहरुलाई ब्यस्थ गरिदिएको छ । (तिर्मिजी)
१३) हजरत अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जब कुनै व्यक्तिलाई बिदा गर्नुहुन्थ्यो उसको हात समातेर त्यतिबेरसम्म छाडनुहुन्नथियो जब सम्म त्यो व्यक्ति स्वयं उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) को हात छाडदैन थियो र भन्नुहुन्थ्यो, " म तिम्रो दीन र नासो अल्लाह समक्ष समर्पित (हवाला) गर्दछु ।" (तिर्मिजी)
१४) अबू अय्यूब (अल्लाह उनीसँग प्रसन्न होउन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "आफ्नो भाई (दाजु,भाई, साथि, छिमेकि, आदि) सँग तीन दिनभन्दा बढी सम्बन्ध बिच्छेद गरेर बस्नु सबैको लागि अवैध छ कि जब उनीहरुको भेट हुन्छ एकजना आफ्नो अनुहार एकातर्फ फर्काओस र अर्को आफ्नो अनुहार अर्कोतर्फ फर्काओस । दुबै जनामा उत्तम ब्यक्ती ऊ हो जो पहिले सलाम गर्छ (र सम्बन्धलाई गाँस्ने प्रायास गर्छ) ।" (बुखारी र मुस्लिम)
१५) जाबिर (अल्लाह उनीसँग प्रसन्न होऊन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "जब कुनै मुस्लिमले (आफ्नो गल्तिको कारण) आफ्नो मुस्लिम भाईसँग माफी माग्छ तर उसले त्यस माफीलाई स्वीकार्दैन भने उसलाई मक्सवालाहरुलाई जस्तो सजायँ दिइने छ ।"(बैहकी)
मक्सवाला त्यस्तो ब्यक्तिलाई भनिन्छ जो कर जम्मा गर्ने कामको लागि नियुक्त हुन्छ र ऊ कर लिँदा अत्याचार गर्छ र आफ्नो गोजीमा घुस हाल्छ ।
टिप्पणियाँ