सीधे मुख्य सामग्री पर जाएं

इस्लाममा मित्रता

१) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "मनुष्य आफ्नो साथीको दीन (तरिका) मा हुन्छ। साथी बनाउनुभन्दा अघि को सँग मित्रता गाँसिदैछ भन्ने कुरा राम्ररी हेर्नुपर्दछ ।"  (अहमद)

२) हजरत मिक्दाम बिन मअदीकर   (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जब कोहि आफ्नो मुस्लिम दाजुभाईलाई प्रिय ठान्छ भने उसले बताओस कि ऊ (मुस्लिम दाजुभाई) सँग प्रेम गर्दछ ।"  (अबू दाऊद)

३) हजरत अबू सईद (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "(आफ्नो ईमानको स्तरलाई मजबुत र सुदृढ  पार्नको लागि) केवल एउटा मुअमिनसँग मित्रता गाँस र तिम्रो खाना केवल पवित्र व्यक्तिहरूले मात्र खाऊन ।" ( तिर्मिजी)

४) हजरत उमर (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "तिम्रो प्रेम पागलपनको हदसम्म नपुगोस् र तिम्रो दुश्मनी (अरुलाई) दुख दिने हदसम्म नपुगोस् ।"
(उमरले भन्नुभयो) मैले भनें, "यो कसरी?" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "यदि तिमी प्रेम गर्छौ भने बालबालिका झैं व्यवहार न गर र यदि तिमी रिसाउँछौ भने ज्यान र धनमालको हानी हुने गरी नरिसाऊ ।" (अल-अदब अल-मुफरद) 

५) हजरत उबैद किन्दी (रजियल्लाहु अन्हु) को भनाई छ, उहाँ भन्नु हुन्छ कि मैले अली (रजियल्लाहु अन्हु) लाई भन्दै गरेको सुनें, "आफ्नो साथीसँग (को प्रेममा) मध्य बाटो अपनाऊ हुन सक्छ कि भोलि ऊ तिम्रो शत्रु हुन पुगोस् र आफ्नो शत्रुसँग (को दुश्मनीमा) मध्य मार्ग अपनाऊ हुन सक्छ कि भोलि ऊ तिम्रो मित्र हुन पुगोस् ।" (हदीस)

६) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु ) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, मुअमिन पूर्ण रूपले प्रेम हो । त्यस (मुअमिन) मा कुनै भलाई छैन जो न कसैसँग प्रेम गर्छ र न कसैको प्रेम पाउँदछ । (अहमद)

७) हजरत अबू कातादह (रज़ियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जसले गरिबलाई अवसर प्रदान गर्छ (कर्जा लिएको व्यक्तिलाई कर्जा दिनको दिनको लागि समय दिन्छ) वा त्यसमाथि रहेको आफ्नो अधिकारलाई माफ गर्छ (आफ्नो कर्जालाई माफ गरिदिन्छ) भने अल्लाह कयामत (महाप्रलय ) को दिनको कठिनाइबाट उसलाई मुक्त गरिदिने छन् ।" (मुस्लिम)

८) हजरत जाबिर (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "अल्लाह त्यस व्यक्ति माथि दया गरुन् जो किनबेच गर्दा र उधारो दिएको पैसा माग्दा नम्रता अपनाउँछ । (बुखारी)

९) हजरत अस्मा बिन्त यजीद (रजियल्लाहु अन्हा) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जो आफ्नो मुस्लिम भाईको मासुको सुरक्षा गर्दछ अर्थात उसको अनुपस्थितिमा उसको कुरा काटिनुबाट रोक्छ भने अल्लाहको लागि यो अनिवार्य हुन्छ कि उसलाई नर्कको आगोबाट मुक्ति प्रदान गरुन ।" (बैहकी)

१०) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "हुस्ने जन (सकारात्मक सोँचाई) उपासनाको एक भाग हो । (अहमद)

११) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "मुस्लिम मुस्लिमको भाई हो । ऊ न त उसलाई बिना सहायताको छोड्दछ, न उसँग झूठो कुरा गर्दछ र न ऊ माथि अत्याचार गर्दछ । र, निस्सन्देह तिमीहरू मध्ये प्रत्येक व्यक्ति अर्कोको लागि ऐना हो । यदि उसमा कुनै कमि देख्छ भने उबाट त्यस (कमि) लाई पर हटाउँदछ ।" (तिर्मिजी)

१२) हजरत अब्दुल्लाह बिन जाफर (रजियल्लाहु अन्हु) को भनाई छ, वहाँ (रजियल्लाहु अन्हु) भन्नुभयो, जब हजरत  जाफर (रजियल्लाहु अन्हु) को शहदतको सूचना आयो नबी (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जाफरको घरका सदस्यहरूको लागि खाना पकाऊ। उनीहरू माथि यस्तो समस्या आई परेकोछ जसले उनीहरुलाई ब्यस्थ गरिदिएको छ । (तिर्मिजी)

१३) हजरत अब्दुल्लाह बिन उमर (रजियल्लाहु अन्हु) को भनाई छ, अल्लाहका रसूल  (सल्लल्लाहु अलैहि वसल्लम) जब कुनै व्यक्तिलाई बिदा गर्नुहुन्थ्यो उसको हात समातेर त्यतिबेरसम्म छाडनुहुन्नथियो जब सम्म त्यो व्यक्ति स्वयं उहाँ  (सल्लल्लाहु अलैहि वसल्लम) को हात छाडदैन थियो  र भन्नुहुन्थ्यो, " म तिम्रो दीन र नासो अल्लाह समक्ष समर्पित (हवाला) गर्दछु ।" (तिर्मिजी)

१४) अबू अय्यूब (अल्लाह उनीसँग प्रसन्न होउन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "आफ्नो भाई  (दाजु,भाई, साथि, छिमेकि, आदि) सँग तीन दिनभन्दा बढी सम्बन्ध बिच्छेद गरेर बस्नु सबैको लागि अवैध छ कि जब उनीहरुको भेट हुन्छ एकजना आफ्नो अनुहार एकातर्फ फर्काओस र अर्को आफ्नो अनुहार अर्कोतर्फ फर्काओस । दुबै जनामा  उत्तम ब्यक्ती ऊ हो जो पहिले सलाम गर्छ (र सम्बन्धलाई गाँस्ने प्रायास गर्छ) ।" (बुखारी र मुस्लिम)

१५) जाबिर (अल्लाह उनीसँग प्रसन्न होऊन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "जब कुनै मुस्लिमले (आफ्नो गल्तिको कारण) आफ्नो मुस्लिम भाईसँग माफी माग्छ तर उसले त्यस माफीलाई स्वीकार्दैन भने उसलाई मक्सवालाहरुलाई जस्तो सजायँ दिइने छ ।"(बैहकी)

मक्सवाला त्यस्तो ब्यक्तिलाई भनिन्छ जो कर जम्मा गर्ने कामको लागि नियुक्त हुन्छ र ऊ कर लिँदा अत्याचार गर्छ र आफ्नो गोजीमा घुस हाल्छ ।  

टिप्पणियाँ

Unknown ने कहा…
😊😊 अल्हम्दुलिल्लाह ..... मेरा बच्चा हरुलाइ मित्रता को सम्बन्धमा सिकाउने प्रयत्न गर्दै थिए । यत्तिकै मा यी हदिसहरु 😊😊 जजाकअल्लाह

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...