सीधे मुख्य सामग्री पर जाएं

संदेश

दाहिने हातको प्रयोग

१) हजरत आइशा (रजियल्लाहु अन्हा) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दाहिने हातलाई वुजू र खान पिउनको लागि प्रयोगमा ल्याउनु हुन्थ्यो र देब्रे हातलाई इस्तिन्ज़ा (दिसा पिसाब गरिसके पछि पानीले धोएर पवित्रता प्राप्त गर्नु) र यस प्रकारका कामहरूको लागि प्रयोग गर्नु हुन्थ्यो  । (अबू दाऊद)

तलाक

१) हजरत इब्ने उमर (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "हलाल (वैध) कार्यहरू मध्ये सबैभन्दा अप्रीय काम तलाक (सम्बन्ध बिच्छेद) हो  ।" (अबू दाऊद) 

चरित्रवान पति र पत्नी

१) हजरत अब्दुल्लाह बिन अम्र (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "सम्पूर्ण संसार एउटा "मता" (फाइदा प्राप्त गर्ने चीज) हो र संसारको सबभन्दा उत्तम मता असल र चरित्रवान पत्नी हो  ।" (मुस्लिम)  २) हजरत अबू हुरैरह  (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जब तिमीलाई यस्तो व्यक्ति विवाहको प्रस्ताव दिन्छ जसको दीन (इस्लाम) र चरित्र तिमीलाई मन पर्छ भने ऊ संग बिवाह गर, यदि तिमी यसो गर्दैनौ भने फसाद र बर्बाद हुनेछ ।" (तिर्मिजी) ३) हजरत अबू हुरैरह  (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "कुनै आस्थावान पति र आस्थावान पत्नीसँग नारिसाओ स्  । यदि उसको एउटा बानी मन पर्दैन भने (हुन सक्छ कि) उसको अर्को बानी मन परोस् ।" (मुस्लिम) ४) हजरत अबू हुरैरह  (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जब कसैलाई विवाहको बधाई दिनुहुन्थ्यो तब भन्नुहुन्थ्य...

सन्तानहरू बीच निसाफ

१) हजरत नोमान बिन बशीर (रजियल्लाहु अन्हु) को भनाई छ, उन (रजियल्लाहु अन्हु) ले भने मेरा बुबाले मलाई  एउटा उपहार दिनुभयो  । मेरी आमा उम्रह (रजियल्लाहु अन्हा) ले भन्नुभयो, "जबसम्म तपाई अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई यस कुराको साक्षी बनाउनु हुन्न म मान्दिन  ।" उनी (हजरत नोमानका पिता) अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ गए र भने, "हे अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ! मैले मेरो छोरालाई एउटा उपहार दिएको छु ऊ उम्रह्को कोखबाट जन्मेको हो । उम्रहले malaaee तपाईलाई (यसमा) साक्षी बनाउन भनेकी छिन् ।" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "के तिमीले आफ्ना सम्पूर्ण बच्चाहरूलाई यसरी नै उपहार दिएका छौ ?" उन (रजियल्लाहु अन्हु) ले भन्नुभयो, "छैन ।" उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "अल्लाहको भय राख र आफ्ना सन्तानहरू बीच निसाफ गर ।" उहाँ (नोमान) (रजियल्लाहु अन्हु) ले भने कि उनी (नोमानका पिता) फर्किए र आफूले दिएको उपहार फिर्ता लिए । (बुखारी) *अर्को हदीसमा छ कि उहाँ (सल्लल्लाहु अलैहि...

छोरीहरू नर्कको आगोबाट जोगिने एउटा कारण

१) हजरत आइशा (रजियल्लाहु अन्हा) को भनाई छ, उनी भन्छिन, "एउटी महिला आफ्नी दुईजना छोरीलाई लिएर म कहाँ आइन र मसँग (केही खानेकुरा) मागिन । तर उनले मबाट एउटा खजुर मात्र पाइन्. मैले त्यो उनलाई दिएँ । उनले त्यस खाजुरलाई आफ्नी छोरीहरूमा भाग लगाइन तर स्वयंले त्यसबाट केही पनि खाइनन् ।  त्यसपछि उनी उभिइन र घरबाट निस्केर गइन । (त्यहि समय) नबी (सल्लल्लाहु अलैहि वसल्लम) आउनुभयो । मैले यो पुरै वृत्तान्त वहाँलाई सुनाएँ । त्यसपछि उहाँ  (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जुन व्यक्तिलाई यी छोरीजरूद्वारा परिक्षामा पारिन्छ (अर्थात उसको घरमा छोरीहरूको जन्म हुन्छ) । अनि ऊ उनीहरूसँग राम्रो व्यवहार गर्छ भने ती छोरीहरू उसको लागि नर्कको आगोबाट बचाउने (साधन) बन्ने छिन् ।" (बुखारी र मुस्लिम) 

के तिमी आफ्ना छोरीहरूलाई खुवाउँछौ ?!

१) हजरत इब्ने उमर (रजियल्लाहु  अन्हु) को भनाई छ कि एकजना व्यक्ति उहाँसँग बसिरहेको थियो र उसका धेरै छोरीहरू थिए । उसले आफ्ना छोरीहरूको मृत्युको इच्छा जाहेर  गर्‍यो  । हजरत इब्ने उमर (रजियल्लाहु  अन्हु) ऊसँग सार्‍है रिसाउनु भयो र भन्नुभयो, "के तिमी उनीहरूलाई खुवाउँछौ ?!" (अल्-अदब अल्-मुफ्रद) २) हजरत आइशा (रजियल्लाहु अन्हा) को भनाई छ, उनी भन्छिन, "एउटी महिला आफ्नी दुईजना छोरीलाई लिएर म कहाँ आइन र मसँग (केही खानेकुरा) मागिन । तर उनले मबाट एउटा खजुर मात्र पाइन्. मैले त्यो उनलाई दिएँ । उनले त्यस खाजुरलाई आफ्नी छोरीहरूमा भाग लगाइन तर स्वयंले त्यसबाट केही पनि खाइनन् ।  त्यसपछि उनी उभिइन र घरबाट निस्केर गइन । (त्यहि समय) नबी (सल्लल्लाहु अलैहि वसल्लम) आउनुभयो । मैले यो पुरै वृत्तान्त वहाँलाई सुनाएँ । त्यसपछि उहाँ  (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जुन व्यक्तिलाई यी छोरीजरूद्वारा परिक्षामा पारिन्छ (अर्थात उसको घरमा छोरीहरूको जन्म हुन्छ) । अनि ऊ उनीहरूसँग राम्रो व्यवहार गर्छ भने ती छोरीहरू उसको लागि ...

सद्का (दान)

१) हजरत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभायो, "उत्तम सद्का त्यस सद्कालाई मानिन्छ जसलाई दिए पछिपनि (दान गरेपछि पनि) धन बाँकी रहोस् र ती व्यक्तिहरूमाथि पहिले खर्च गर जसको जिम्मा तिमीमाथि रहेको छ (घरपरिवार, साथीभाई तथा नातेदारहरू) ।" (बुखारी)