सीधे मुख्य सामग्री पर जाएं

संदेश

पाप र पुण्यको पहिचान

१) हजरत इब्ने मसूद ( रजियल्लाहु अन्हु ) को भनाई छ कि एउटा मान्छेले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सोध्यो, " हे अल्लाहका रसूल  (सल्लल्लाहु अलैहि वसल्लम) ! म यो कुरा कसरि थाहा पाउँ कि मा राम्रो काम गर्दैछु वा नराम्रो ? " उहाँ  (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, " यदि तिमी आफ्ना छिमेकीहरुलाई भन्दै गरेको सुन्छौ कि तिमी राम्रो काम गरिरहेको छौ भने तिमी राम्रो काम गरिरहेका छौ  । र, यदि तिमी सुन्छौ कि तिमी नराम्रो काम गरिरहेको छौ भने तिमी नराम्रो काम गरिरहेका छौ  । " (इब्ने माजा)          

जनाजहको नमाज

१) हजरत अबू हुरैरह (रजियल्लाहु  अन्हु) को भनाई छ कि एकजना महिला वा एकजना युवा मस्जिदमा कुचो लगाउने गर्दथे  । एकदिन अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम ) ले उसलाई नदेखेपछि उसको बारेमा सोध्नुभयो  । सबै जनाले भने कि उनको देहान्त भईसक्यो । उहाँ  (सल्लल्लाहु अलैहि वसल्लम ) ले भन्नुभयो कि मलाई सूचना किन नदिएको ? उहाँ (रजियल्लाहु  अन्हु) को भनाई छ कि सबै जनाले उसको मृत्युलाई एउटा साधारण घटना जानेर उहाँ (सल्लल्लाहु अलैहि वसल्लम ) लाई सूचना दिएनन् । उहाँ  (सल्लल्लाहु अलैहि वसल्लम ) ले भन्नुभयो, "मलाई उसको कब्र देखाऊ ।" सबैजनाले कब्र देखाईदिए । उहाँ  (सल्लल्लाहु अलैहि वसल्लम ) ले कब्रमा पुगेर नमाज़े जनाजह पढ्नुभयो  । ( बुखारी )           

जमातमा छोटो नमाज पढाउनु

१) हज़रत अबू हुरैरह (रजियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जब तिमीहरु मध्ये कोही मानिसहरुलाई नमाज पढाउँछ भने उसले नमाज़लाई छोटो गरोस किनभने नमाज पढ्नेहरुमा कमजोर र बुढो मान्छेहरु पनि हुन्छन्  । र, जब तिमीहरु मध्ये कोही स्वयं (एक्लै) नमाज पढ्छ भने जति लामो नमाज पढ्दा पनि हुन्छ  ।" (बुखारी)

रमजान

१)  हजरत अबू हुरैरह (रज़ियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जब रमजान महिना आउँदछ, तब आकाशहरूका ढोकाहरू खोलिदिइन्छन् । (अर्को रिवायातमा भनिएको छ कि स्वर्गका ढोकाहरू खोलिदिइन्छन् र नर्कका ढोकाहरू बन्द गरिदीइन्छन र शैतानहरूलाई कैदमा राखिन्छ) (र अर्को रिवायतमा भनिएको छ कि रहमतका ढोकाहरू खोलिन्छन् ।) (बुखारी र मुस्लिम) २) हजरत सहल बिन सअद (रज़ियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जन्नतमा आठवटा ढोकाहरू छन् जस मध्ये एउटा धोकाको नाम 'रय्यान' हो । त्यस धोकाको (स्वर्गमा) केवल रोजा राख्नेहरु मात्र प्रवेश गर्ने छन् ।" (बुखारी र मुस्लिम) ३)  हजरत अबू हुरैरह (रज़ियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जसले रमजान महिनाको रोजा राख्यो ईमानका साथ र एह्तेसाब (अल्लाहलाई प्रसन्न पर्न) का साथ उसका अतीतका (सानातिना) पापहरु माफ गरिनेछन्  । र, जसले रमजान महिनामा कयाम (रातमा उठेर उपासना )  गर्‍यो ईमानका साथ र एह्तेसाबका ...

अपवित्रताको अवस्थामा गर्ने अनुमति नभएका कार्यहरु

अल्लाहका रसूल (स.) ले जाबिर (रजि.) लाई यमनमा जुन चिठ्ठी पठाउनु भएको थियो त्यसमा उहाँ (रजि.) लाई मार्ग दर्शन दिनु भएको थियो “कुरआनलाई केवल पवित्रहरु मात्र छोओस” (नसई, दारकुत्नी, बैहकी) यो हदीस मुतवातिर जस्तै हो (एकदम ठीक हो) । (इब्ने अब्दुल्बर) १)  अली (रजि.) भन्छन्, मैले अल्लाहका रसूल (स.) लाई देखें कि उहाँ ले वुजु गर्नुभयो अनि पवित्र कुरआनका केही आयतहरुको वाचन गर्नुभयो र भन्नुभयो, “जो अपवित्र अवस्थामा छैन उसले यसै गरोस् (अर्थात कुरआनको तिलावत गरोस्) तर जो अपवित्र अवस्थामा छ उसले कुरआनको एउटा आयतको पनि तिलावत नगरोस्” (अहमद, अबू यअ्ला) ३)  आईशा (रजि.) को भनाई छ कि जब अल्लाहका रसूल (स.) मदिना जानुभयो र उहाँ (स.) ले त्यहाँ मस्जिद बनाउनुभयो त केही सहाबीहरुको घर मस्जिदमा खुल्थ्यो अर्थात उनीहरुको घर मस्जिदमा थियो । उहाँ (स.) ले भन्नुभयो, “ती घरहरुको दिशा परिवर्तन गरेर मस्जिदबाट अर्को तर्फ गरिदेऊ । “अनि एकपल्ट अल्लाहका रसूल (स.) ले देख्नुभयो कि कसैले पनि आफ्नो घरको दिशाा यो सोचेर परिवर्तन गरेनन् कि सायद अल्लाह तआला यस विषयमा कुनै छुट दिने छन् । अनि अल्लाहका रसूल (स.) ले भन्...

पवित्र हुनुको निम्ति नुहाउनु

१) अबू सईद (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले भन्नुभयो, “पानी (वीर्य) ले पानी (गुस्ल) अनिवार्य गर्छ ।” (मुस्लिम)   *अर्थात उत्तेजनाका साथ मनी (वीर्य) निस्केपछि नुहाउनु अनिवार्य हुन्छ ।यदि मनी (वीर्य) उत्तेजनाका साथ नभई कुनै रोग वा चिसोको कारणले निस्कन्छ भने गुस्ल अनिवार्य हुँदैन ।  मुजाहिद भन्नुहुन्छ, हामी (इब्ने अब्बास (रजि.) का शिष्यहरु) म्स्जिदमा घेरा बनाएर बसिरहेका थियौं र इब्ने अब्बास (रजि.) नमाज पढिरहेका थिए । त्यतिन्जेल एउटा व्यक्ति आयो र हाम्रो नजिक उभिएर भन्न थाल्यो, “कोही मुफ्ती (धार्मिक सुझाव दिने बिद्वान) छ ?” हामीले भन्यौं, प्रश्न सोध ।” उसले भन्यो जब मँ पिसाब गरिसक्छु त्यसपछि मनी (वीर्य) निस्कन्छ ।” हामीले भन्यौं, “तिमीमाथि गुस्ल गर्नु अनिवार्य हुन्छ ।” त्यो व्यक्ति फर्केर गयो तर उसलाई चित्त बुझेन र ऊ पटक पटक आफ्नो प्रश्न सोधिरह्यो । इब्ने अब्बास (रजि.) ले तुरुन्तै आफ्नो नमाज सकाउनु भयो र इक्रीमा (रजि.) लाई भन्नुभयो, “त्यस व्यक्तिलाई म समक्ष लिएर आऊ ।” र हामीलाई भन्नुभयो, “तिमीहरुले त्यस व्यक्तिलाई के फत्वा (धार्मीक सुझाव) दियौ ? के अल्लाह...

छालाको मोजा र जुर्राब (जुराफ अर्थात ऊन वा लुगाको मोजा) माथि मसह गर्ने अनुमति

१) जरीर (रजि.) ले पिसाब गरे पछि वुजु गरे र आफ्नो छालाका मोजाहरुमा मसह गरे । त्यहाँ उपस्थित भएकाहरुले सोधे “तपाई यसो गर्नु हुन्छ ?” उहाँ (रजि.) ले जवाफ दिए “हो, मैले अल्लाहका रसूल (स.) लाई देखें कि उहाँ (स.) ले पिसाब गरे पछि वुजु गर्नु भयो र आफ्नो छालाको मोजामाथि मसह गर्नुभयो ।” (बुखारी र मुस्लिम) २) मुगीरह बिन शुअ्बा (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले वुजु गर्नुभयो र आफ्नो जुर्राबमाथि र जुत्तामाथि२ मसह गर्नुभयो । (अबू दाऊद, तिर्मिजी, इब्ने माजा) ३) मुगीरह बिन शुअ्बा (रजि.) को भनाई छ, “एक रात म अल्लाहका रसूल (स.) सँगै हिड्दै थिएँ । मैले (वुजु बनाउनको लागि) अल्लाहका रसूल (स.) को हातमा पानी हालें । उहाँ (स.) ले आफ्नो अनुहार र हात धुनुभयो र टाउको माथि मसह गर्नुभयो । अनि म उहाँ (स.) को मोजा फुकाल्नको लागि झुकें । उहाँ (स.) ले भन्नुभयो, यो नफुकाल, मैले यसलाई प्रवित्रता (वुजु ) को अवस्थामा लगाएको थिएँ ।” । (बुखारी, मुस्लिम, अहमद) [मालिकी, शाफिई र हम्बली बिद्वानहरुको यही मसलक हो । हनफी बिद्वानहरुका अनुसार उसको खुट्टामा मोजा वा जुराब लगाउँदा पवित्र र धोएको हुु...