रफ्ऐ यदैन (दुबै हात उठाउनु) १) इब्ने उमर (रजि.) भन्छन् “अल्लाहका रसूल (स.) नमाजको लागि उभिंदा आफ्नो काँधसम्म रफ्ऐ यदैन गर्नुहुन्थ्यो, अनि तक्बीर (अल्लाहु अकबर) भन्नुहुन्थ्यो । रुकू गर्नेबेला त्यसरी नै रफ्ऐ यदैन गर्नुहुन्थ्यो र रुकूबाट उठ्दा पनि त्यसरी नै रफ्ऐ यदैन गर्नुहुन्थ्यो र “समिअल्लाहु लिमन् हमिदह् रब्बना लकल् हम्द” भन्नुहुन्थ्यो । (बुखारी, मुस्लिम, बैहकी) * बुखारीमा यो वाक्य बढी उल्लेख भएको छः “र उहाँ (स.) सज्दाको लागि जाँदा र सज्दाबाट उठ्दा रफ्ऐ यदैन गर्नुहुन्नथ्यो । “बैहकीमा यो वाक्य बढी उल्लेख भएको छ: यसरी नै उहाँ (स.) ले आफ्नो अन्तिम समयसम्म नमाज पढ्नुभयो ।” २) नाफिअ् (रजि.) भन्छन्, इब्ने उमर (रजि.) दोस्रो रकअत सकेर उठ्दा तेस्रो रकअतको सुरुमा रफ्ऐ यदैन गर्नुहुन्थ्यो र उनले भने, “अल्लाहका रसूल (स.) पनि यसरी नै गर्नुहुन्थ्यो ।” (बुखारी, अबू दाऊद, नसई) * हनफी विद्वानहरुका अनुसार “अल्लाहु अक्बर” भन्दा कानसम्म हात उठाउनुपर्छ । पुरुषहरुले औंलहरुलाई फिंजाएर कानसम्म उठाउनुपर्छ र स्त्रीहरुले काधँसम्म उठाउनुपर्छ । मालिकी र हम्बली विद्वानहरुका अनुसार “अल्लाह...
नेपाली भाषीहरूका लागि अल्लाहका रसूल (स.) का अमूल्य हदीसहरूको नेपाली अनुवाद।