सीधे मुख्य सामग्री पर जाएं

संदेश

नमाजका सुन्नत कार्यहरु

रफ्ऐ यदैन (दुबै हात उठाउनु) १) इब्ने उमर (रजि.) भन्छन् “अल्लाहका रसूल (स.) नमाजको लागि उभिंदा आफ्नो काँधसम्म रफ्ऐ यदैन गर्नुहुन्थ्यो, अनि तक्बीर (अल्लाहु अकबर) भन्नुहुन्थ्यो । रुकू गर्नेबेला त्यसरी नै रफ्ऐ यदैन गर्नुहुन्थ्यो र रुकूबाट उठ्दा पनि त्यसरी नै रफ्ऐ यदैन गर्नुहुन्थ्यो र “समिअल्लाहु लिमन् हमिदह् रब्बना लकल् हम्द” भन्नुहुन्थ्यो । (बुखारी, मुस्लिम, बैहकी) * बुखारीमा यो वाक्य बढी उल्लेख भएको छः “र उहाँ (स.) सज्दाको लागि जाँदा र सज्दाबाट उठ्दा रफ्ऐ यदैन गर्नुहुन्नथ्यो । “बैहकीमा यो वाक्य बढी उल्लेख भएको छ: यसरी नै उहाँ (स.) ले आफ्नो अन्तिम समयसम्म नमाज पढ्नुभयो ।” २)  नाफिअ् (रजि.) भन्छन्, इब्ने उमर (रजि.) दोस्रो रकअत सकेर उठ्दा तेस्रो रकअतको सुरुमा रफ्ऐ यदैन गर्नुहुन्थ्यो र उनले भने, “अल्लाहका रसूल (स.) पनि यसरी नै गर्नुहुन्थ्यो ।” (बुखारी, अबू दाऊद, नसई) * हनफी विद्वानहरुका अनुसार “अल्लाहु अक्बर” भन्दा कानसम्म हात उठाउनुपर्छ । पुरुषहरुले औंलहरुलाई फिंजाएर कानसम्म उठाउनुपर्छ र स्त्रीहरुले काधँसम्म उठाउनुपर्छ । मालिकी र हम्बली विद्वानहरुका अनुसार “अल्लाह...

नमाजका फर्ज कार्यहरु

*प्रत्येक उपासनाको लागि नियत गर्नु अनिवार्य छ । हनफी विद्वानहरुको अनुसार नियत (संकल्प गर्नु) नमाजको सर्तहरु मध्येको एक हो, फर्ज होईन । स्मरण रहोस् कि सर्त र फर्जमा फरक भनेको केवल सोँचको मात्र छ । नियतलाई मौखिक रुपले भन्नु कसैको अनुसार पनि अनिवार्य छैन । (इब्ने तैमिया (रह.) । तर नमाजको लागि नियत मौखिक रुपले गर्नू हम्बली र शाफिई बिद्वानहरुका अनुसार सुन्नत हो । मालिकी विद्वानहरुका अनुसार उत्तमको विपरित हो र हनफी विद्वानहरुको अनुसार बिद्अत् (इस्लाममा नयाँ कुरालाई उत्पन्न गर्नु जसको इस्लाममा कुनै स्थान छैन र यसो गर्नु पापको भागेदार हुनु) हो । तर यदि नमाजीको मनमा भ्रम छ भने मौखिक नियत गर्ने अनुमति छ । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ) १) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “नमाजको साँचो पवित्रता हो, साधारण अवस्थाबाट  वर्जित हुने कार्य  “अल्लाहु अकबर” भन्नु हो र त्यस वर्जित अवस्थाबाट मुक्त हुने कार्य सलाम फेर्नु हो । (शाफिई (रह.), अह्मद (रह.), अबू दाऊद, इब्ने माजा, तिर्मिजी) *हनफी विद्वानहरुका अनुसार “तक्बीर तह्रीमा” नमाजको सर्त हो, फर्ज होईन । त्...

नमाजको क्रम र त्यसको तरिका

१) अबू हुरैरह (रजि.) को भनाई छ कि एउटा मान्छेले मस्जिदमा प्रवेश गर्यो र उसले नमाज पढ्यो । अनि ऊ नबी (स.) समक्ष उपस्थित भयो र सलाम  गर्यो  । उहाँ (स.) ले उसको सलामको जवाफ दिनुभयो र भन्नुभयो “फर्क र फेरी नमाज पढ किनभने तिमीले नमाज पढेको छैन ।” ऊ फर्कियो र नमाज पढेर फेरी आयो । उहाँ (स.) ले फेरी उसलाई नमाज पढ्ने आदेश दिनुभयो । अन्त्यमा त्यस व्यक्तिले भन्यो “मलाई त्यस अस्तित्वको कसम जसले तपाईलाई सत्यताका साथ पठाएका छन्, म यस भन्दा राम्रो नमाज पढ्ने सामर्थ्य राख्दिन । तपाई सिकाइदिनुहोस् । उहाँ (स.) ले भन्नुभयो “जब तिमी नमाजको लागि उभिन्छौ तब ‘अल्लाहु अकबर’ (अल्लाह महान् छन्) भन । अनि कुरआनको जुन भाग तिम्रो लागि सजिलो छ, त्यसलाई पढ ।” अर्को हदीसमा उल्लेख गरिएको छ  ‘अनि सूरह अल्–फातिहा पढ’“अनि रुकू गर र आरामले रुकू गर अनि सीधा उभिऊ अनि सज्दा गर र आरामले सज्दा गर । अनि उठ र आरामले बस । अनि फेरी सज्दा गर र आरामले सज्दा गर । अनि पूरै नमाजमा यसरी नै गर ।” (बुखारी, मुस्लिम, अह्मद) २)  अबू हुमैद साइदी (रजी.) को भनाई छ कि उनले अल्लहका रसूल (स.) का १० जना साथीहरु (सहबीहरु) क...

नमाजका सर्तहरु

*कुनै पनि नमाजलाई त्यसको समय हुनुभन्दा पहिले पढ्ने अनुमति छैन । त्यसैले नमाजको समय भएको ज्ञान हुनु जरुरी छ । अल्लाह तआलाले भनेका छन्ः “निस्सन्देह आस्थावानहरुमाथि समयको पालनाका साथ नमाज अनिवार्य गरिएको छ ।” (सूरह अन्–निसा: १०३) **अल्लाह तआलाले भनेका छन्: “हे आस्थावानरु हो ! तिमीहरु नमाजकालागि उभिंदा आफ्नो अनुहार धोऊ.... (अर्थात वुजु गर) । (सूरह अल्–माइदा: ६)  १)  अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल(स.) ले भन्नुभयो, “अल्लाह तआला वुजु बिना कुनै पनि नमाज स्वीकार गर्दैनन् र माले गनिमतबाट चोरेर दिइएको सदका (दान) स्वीकार गर्दैनन् ।” (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा) २)  अबू हुरैरह (रजि) को भनाई छ कि एउटा देहाती (मस्जिदमा) आयो र मस्जिदको सहन् (आंगन) मा बसेर पिसाब गर्न थाल्यो । सहाबीहरु (रजि.) उसलाई समात्न र रोक्न दर्गुन थाले । अल्लाहका रसूल (स.) ले भन्नु भयो, “उसलाई पिसाब गर्न देऊ र त्यस पछि उसको पिसाब माथि एक मग पानी बगाईदिनु किनकी तिमीहरु सजिलो बनाउन पठाइएका हौ (मामिलालाई सजिलो बनाउन पठाइएका हौं) झन गाह्रो बनाउन पठाइएका ह...

एकै जनाले अजान र इकामत भन्नु

१) जियाद बिन हारिस (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले मलाई अजान भन्ने आदेश दिनुभयो । मैले बिहान उज्यालो भईसकेपछि अजान दिएँ । अल्लाहका रसूल (स.) ले वुजु गरिसकेपछि नमाजको लागि उभिनुभयो । बिलाल (रजि.) ले इकामत भन्न खोजे तर अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जियादले इकामत भन्नेछ किनभने जसले अजान दिन्छ उसैले इकामत भनोस् ।” (अहमद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा) * यस हदीसमा यद्यपी कमजोरी रहेको छ तर इमाम तिर्मिजी (रह.) भन्नुहुन्छ, “यस अनुसार विद्वानहरुमध्ये अधिकतमको अमल रहेको छ तर यसो गर्नु उत्तम रहेको छ, अनिवार्य होईन । यदि अजान भन्ने र इकामत भन्ने व्यक्ति छुट्टा छुट्टै छन् भने सम्पूर्ण इमामहरुको अनुसार यसो गर्ने अनुमति रहेको छ । (बिदायत् अल्–मुज्तहिद)