सीधे मुख्य सामग्री पर जाएं

संदेश

इह्रामका प्रकारहरु

१) इफ्राद अर्थात केवल हजको नियत गरेर इह्राम बाँध्ने ।  २) तमत्तुअ् अर्थात केवल उम्रहको नियत गरेर इह्राम बाँध्ने । उम्रह समाप्त भएपछि इह्राम खोल्ने अनि फेरी तर्बियाको दिन (८ जिल् हिज्जाको दिन) हजको नियत गरेर दोस्रो पटक इह्राम बाँध्ने ।  ३) किरान अर्थात हज र उम्रह दुबैको नियत गरेर इह्राम बाँध्ने । वा इह्राम केवल उम्रहको नियत गरेर बाँध्ने तर उम्रह समाप्त हुनु अघि नै हजको पनि नियत गर्ने र हज समाप्त नहोउन्जेलसम्म इह्राम नखोल्ने ।    इह्रामका यी तिनैवटा प्रकारहरु सम्पुर्ण इमामहरुका अनुसार सही हुन् । ( अल्–फत्ह अल्–रब्बानी, आदि)  १) आइशा (रजि.) को भनाई छ, हिज्जतुल् विदाअ्को अवसरमा हामीहरु अल्लाहका रसूल (स.) सँग हिँड्यौ । हामीहरुमध्ये केहीले केवल उम्रहको लागि इह्राम बाँध्यौं, केहीले हज र उम्रह दुबैको लागि इह्राम बाँधे र केहीले केवल हजको लागि इह्राम बाँधे । अल्लाहका रसूल (स.) ले केवल हजको लागि इह्राम बाँध्नुभयो । जसले केवल उम्रहको लागि इह्राम बाँधेको थियो उसले त्यहाँ पुगेर (अर्थात उम्रहका रीतिहरु सकेर) इह्राम खोलिदियो । जसले हज वा हज र उम्रह दुबैको ला...

इह्राम

**इह्रामको शाब्दिक अर्थ कुनै यस्तो अवस्थामा (चिजमा) प्रवेश गर्नु हो जसले मानिसमाथि केही कामहरुलाई अबैध बनाइदिन्छ जुन त्यस भन्दा पहिले उसको लागि वैध थिए । यसको पारिभाषिक अर्थ अनुसार हज वा उम्रहको अवस्थामा प्रवेश गर्नु (अर्थात तिनको नियत गर्नु) हो । (अल्–मिस्बाह अल्– मुनीर आदि)  #गुस्ल १) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) इह्राम बाँध्ने नियत गर्दा खनमी (बेरीका पातहरु जस्तै एउटा चिज) र उश्नान (एक प्रकारको बास्नादार चिज जुन चिलाउने रोगको उपचारको लागि प्रयोग हुन्छ) ले आफ्नो टाउको धुनु हुन्थ्यो र त्यसमा अलिकति तेल लगाउनु हुन्थ्यो । (अह्मद र दार कुत्नी)  २) जैद बिन साबित (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले इह्रामको लागि गुस्ल गर्नुभयो । (तिर्मिजी)  ३) जाबिर (रजि.) द्वारा उल्लेखित हदीस पहिले नै उल्लेख गरिसकिएको छ जस अनुसार अबू बक्र सिद्दीक (रजि.) की पत्नी अस्मा बिन्त उमैस (रजि.) को छोरा मुहम्मद बिन अबी बक्र (रजि.) को जन्म भयो । उनले अल्लाहका रसूल (स.) कहाँ सन्देश पठाइन् र सोधिन् “अब के गर्ने ?” उहाँ (स.) ले उनलाई जवाफ पठाउनु भयो “गुस्ल गर र र...

मवाकीत–इह्राम बाँध्नको निम्ति अन्तिम सीमाहरु

१) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले मदीनाबासीहरुका लागि जुल्–हलीफा, सीरियाबासीहरुका लागि हुज्फह, यमनबासीहरुका लागि यलम्लम र नज्दबासीहरुका लागि कर्नलाई मीकात निश्चित गर्नुभयो र भन्नुभयो “यो मीकात यस वरपरका मानिसहरुको लागि हो र तिनीहरुको लागि हो जो हज तथा उम्रहको नियतले यी ठाउँहरुबाट आउँछन् । जसको घर मीकात र मक्काको बीचमा रहेको छ उसको मीकात त्यही हो जहाँबाट ऊ हिँड्छ । मक्काबासीहरुको मीकात पनि उनीहरुका घर हुन् । (बुखारी, मुस्लिम, अह्मद, आदि)  २) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले इराकबासीहरुको लागि जात इराकलाई मीकात निश्चित गर्नुभयो । (अबू दाऊद, नसई)  ३) अबदुर्रहमान बिन अबी बक्र (रजि.) को भनाई अनुसार जुन दिन अल्लाहका रसूल (स.) (हिज्जतुल् विदाअ् पछि मदीना मुनव्वरह) जाने तर्खरमा हुनुहुन्थ्यो त्यस बेला उहाँ (स.) ले भन्नुभयो, “यो उँटनी लिएर जाऊ, यसमा आफ्नी बहिनी (आइशा (रजि.)) लाई पनि चढाऊ । जब तिमी तन्ईम (मक्का मुअज्जमा भन्दा चार मीलको दुरीमा रहेको एउटा ठाँउ हो जुन हरम .(कअ्बा) को सीमा भन्दा बाहिर मक्का मुअज्जमाको सबैभन्दा नजिकको ठाउँ...

ततव्वुअ (सुन्नत र नफ्ल नमाजहरु)

*फर्ज नमाजहरुमा हुने कमी कमजोरीको भर्पाइ गर्नको लागि यी फर्ज बाहेकका नमाजहरुलाई राखिएका छन् ।  १) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “मानिसहरुको क्रियाकलाप मध्येबाट सबैभन्दा पहिले नमाजको विषयमा सोधपुछ गरिनेछ । अल्लाहलाई ज्ञान भए पनि आफ्ना फरिस्ताहरुसँग सोध्नेछन् “मेरो भक्तको नमाज हेर । के उसले त्यसलाई पूरा गर्यो वा त्यसमा कुनै कमी बाँकी छ ?” यदि नमाजहरु पूरा छन् भने  त्यसलाई पूर्ण लेखिन्छ र यदि त्यसमा कुनै कमी छ भने अल्लाह भन्छन् “मेरो भक्तको फर्ज नमाजको कमीलाई त्यस फर्ज बाहेकका नमाजहरुले पूरा गरिदेऊ ।” अनि यसरी नै सम्पूर्ण क्रियाकलापहरुको जाँच गरिनेछ ।” (अबू दाऊद) २) रबीआ बिन मालिक अस्लमी (रजि.) ले भनाई छ, अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, “माग” । मैले भने. “हे अल्लाहका रसूल ! म स्वर्गमा तपाईको साथ हुन चाहन्छु ।” उहाँ (स.) ले भन्नुभयो “अरु केही ?” मैले भनें “यही मेरो इच्छा छ ।” उहाँ (स.) ले भन्नुभयो” त्यसो भए धेरै सज्दाले मेरो सहयोग गर ।” (मुस्लिम)

पहिलो जमाअत पछि दोस्रो जमाअत

*यदि केही कारणले केही व्यक्तिहरु मस्जिदमा जमाअत सकेपछि पुगे भने उनीहरुको लागि सोही नमाजको दोस्रो जमाअत बनाउन सकिन्छ । यस दोस्रो जमाअतलाई पनि अजान र इकामतसँग पढ्न सकिन्छ । केवल इकामतका साथ पनि र बिना अजान र इकामतको पनि ।  १) अबू सईद (रजि.) को भनाई अनुसार मस्जिदमा जमाअत सकेपछि एकजना मानिस आइपुग्यो । अनि अल्लाहका रसूल (स.) ले भन्नुभयो, “को त्यस व्यक्तिलाई सद्का दिन चाहन्छ ?” अनि एकजना उभियो र उसँग नमाज पढ्यो । (अबू दाऊद, तिर्मिजी) २) अनस (रजि.) एउटा मस्जिदमा पस्नुभयो जहाँ नमाज पढि सकिएको थियो । उनले अजान र इकामत भने अनि जमाअतका साथ नमाज पढे । (बुखारी) *यदि इमाम र मुक्तदीहरुको बीच कुनै छेकावार छ तर मुक्तदीहरुले इमामको गतिबिधिको ज्ञान सुन्नाले वा हेर्नाले हुन्छ भने यस अवस्थामा जमाअत बनाउने अनुमति छ। ३) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) राती आफ्नो कोठामा नमाज पढ्ने गर्नुहुन्थ्यो र कोठाको पर्खाल सानो थियो । एक रात मानिसहरुले उहाँ (स.) लाई नमाज पढेको देखे र उहाँ (स.) को नमाजसँगै नमाज पढ्न थाले । (बुखारी)

इमामको तक्बीरको आवाजलाई मुक्तदीहरुसम्म पुर्याउनु

१) अल्लाहका रसूल (स.) ले बसेर नमाज पढाउनु भएको कुरा उल्लेख भएको हदीसको जिकिर यस अगाडि भइसकेको छ । उहाँ (स.) बिरामी हुनुहुन्थ्यो र उहाँ (स.) को स्वर सानो थियो यस कारणले अबू बक्र (रजि.) उहाँ (स.) को तक्बीरहरु सँगै आफै पनि तक्बीर भन्थे र मुक्तदीहरु अबू बक्र (रजि.) ले भनेको तक्बीरहरुका साथ तक्बीर भन्दै थिए । (बुखारी र मुस्लिम)

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...