सीधे मुख्य सामग्री पर जाएं

संदेश

सज्दा सह्व

नमाज पढ्दा नमाजका क्रियाकलापहरु मध्ये कुनै क्रिया गर्न छुटेको खण्डमा गरिने सज्दाहरुलाई सज्दा सह्व भनिन्छ । यी सज्दाहरुको संख्या दुई रहेको छ । अल्लाहका रसूल (स.) पनि कहिलेकाहीँ बिर्सनु हुन्थ्यो । उहाँ (स.) ले भन्नुभयो, “म पनि एउटा मनुष्य नै हुँ । जसरी तिमीहरु बिर्सने गर्छौ म पनि बिर्सिन्छु । तसर्थ मैले बिर्सेको बेला मलाई सम्झाउनु ।” (बुखारी , मुस्लिम , अबू दाऊद , अह्मद , नसई , इब्ने माजा) १)  इब्ने मस्ऊद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि कोही आफ्नो नमाजमा बिर्सेर कमि वा बढी गर्छ भने उसले दुईवटा सज्दा गर्नुपर्छ ।” (मुस्लिम) २)  अबू सईद खुदरी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “तिमीहरु मध्ये कसैले नमाजमा बिर्सन्छ र यो याद हुँदैन कि उसले तीन रकअतहरु पढिसक्यो वा चार भने उसले आफ्नो शंकालाई हटाएर विश्वस्त हुने अनि सलाम फेर्नु भन्दा पहिले दुई सज्दा गर्ने। यसरी यदि उसले पाँच रकअतहरु पढ्न पुग्यो भने (ती दुई सज्दाहरुले) उसको नमाज जोर संख्यामा परिणत हुनेछ र यदि चार रकअतहरु नै पढेको छ भने उसको नमाज सम्पन्न हुनेछ र (ती दुई सज्दाहरु गर्ना...

सलातुद् दुहा (चाश्तको नमाज)

१) अबू हूरैरह (रजि.) भन्छन् , मेरा प्रिय रसूल (स.) ले मलाई तीनवटा काम गर्ने उपदेश दिनुभएको छः  १) प्रत्येक महिना तीन दिन रोजा (ब्रत) राख्ने २) चाश्तको नमाजका २ रकअतहरु पढ्ने ३) सुत्नुभन्दा पहिले वित्रको नमाज पढ्ने (बुखारी , मुस्लिम) २) अबू जर गिफारी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो , “ प्रत्येक स्वस्थ जोर्नी वा हाडको बदलामा प्रत्येक दिन बिहान तिमीहरुमथि सदका अनिवार्य हुन्छ । तसर्थ तिमीहरुले प्रत्येक पटक “सुब्हान अल्लाह” भन्नु सदका हो , प्रत्येक पटक “अल्हम्दु लिल्लाह” भन्नु सदका हो , प्रत्येक पटक “अल्लाहु अक्बर” भन्नु सदका हो । प्रत्येक पटक “ला इलाह इल्लल्लाह” भन्नु सदका हो , प्रत्येक सत्कर्मको आदेश दिनु सदका हो , प्रत्येक कुकर्मबाट रोक्नु सदका हो । र यसको लािग चाश्तको समयमा पढिने दुई रकअतहरु पर्याप्त छन् ।” (अह्मद , मुस्लिम , अबू दाऊद) ३) नवास बिन् सम्आन (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो “अल्लाह अज्ज व जल्” भन्छन् “हे आदमका सन्तानहरु हो ! तिमी दिनको सुरुको भागमा चार रकअतहरु पढ्न अल्छी नगर (अर्थात ती चार रकअतहरुलाई पढिराख) । म दिनक...

सलातुल् इस्तिस्का (वर्षाको लागि पढिने नमाज)

१) इब्ने अब्बास (रजि.) को भनाई अनुसार गाँउको एक जना व्यक्ति अल्लाहका रसूल (स.)  समक्ष आयो र सोध्यो “हे अल्लाहका रसूल (स.) ! म तपाई समक्ष यस्ता मानिसहरुको तर्फबाट आएको छु जसका गोठालाहरु खडेरीको कारणले कुनै पनि पिउने चिज पाइरहेका छैनन् र न उनीहरुका जनावरहरु कमजोरीका कारणले आफ्नो पुच्छर हल्लाउन समेत सकिरहेका छैनन् । “अल्लाहका रसूल (स.) ले मिम्बरमा चढ्नुभयो र अल्लाह तआलाको प्रशंसा गरेपछि यो दुआ गर्नुभयोः  اَللَّهُمَّ اسْقِنَا غَيْثاً مُغِيْثاً مَرِيْئاً مَرِيْعاً  طَبَقاً   غَدَقاً  عَاجِلاً  غَيْرَ رَائِثٍ अर्थः हे अल्लाह ! हाम्रो लागि वर्षा गराऊ , प्रशस्त वर्षा , उत्तम परिणाम ल्याउने वर्षा , जमिनलाई हरियाली प्रदान गर्ने वर्षा , चाँडै आउने र ढिलो नगर्ने वर्षा । अनि उहाँ (स.) मिम्बरबाट ओर्लनुभयो । त्यसपछि जतातिरबाट जो आए पनि यही भन्थ्यो “हामीकहाँ धेरै पानी पर्यो  ।” (इब्ने माजा , अबू अबाना) २) शर्जील बिन सिम्त् (रजि.) को भनाई अनुसार उनले कअ्ब बिन मुर्रा (रजि.) लाई भने “हे कअ्ब ! हामीलाई अल्लाहका रसूल (स.) को कुनै हदीस सुनाउनुहोस् ।” उनल...

सलातुल् हाजह (कुनै आवश्यकता परेको बेलामा पढिने नमाज)

१) अबू दर्दा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “जसले राम्रो सित वुजु गरेर दुई रकअत नमाज पढ्यो अल्लाह तआलाले उसको प्रत्येक दुआलाई ढिलो वा चाँडो अवश्य पूरा गर्नेछन् ।” (मुस्नद इमाम अह्मद) २) अब्दुल्लाह बिन उबै औफा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि कोही व्यक्ति अल्लाह तआलाबाट वा कुनै मनुष्यबाट आफ्नो आवश्यकताको पूर्ति गर्न चाहन्छ भने उसले एकदमै राम्ररी वुजु गरेर दुई रकअत नमाज पढ्नुपर्छ । अनि अल्लाह तआलको प्रशंसा गर्दै अल्लाहका रसूल (स.) माथि दरुद पठाएपछि निम्न लिखित दुआ पढ्नुपर्छ । لَا اِلَهَ اِلَّا اللهُ الْحَلِيْمُ الْكَرِيْمُ سُبْحَانَ اللهِ رَبِّ الْعَرْشِ الْعَظِيْمِ اَلْحَمْدُ ِللهِ رَبِّ الْعَالَمِيْنَ اَسْاَلُكَ مُوْجِبَاتِ رَحْمَتِكَ وَعَزَائِمَ مَغْفِرَتِكَ وَالْغَنِيْمَةَ مِنْ كُلِّ بِرٍّ وَالسَّلَامَةَ مِنْ كُلِّ اِثْمٍ لَا تَدَعْ لِيْ ذَنْبًا اِلَّا غَفَرْتَهُ وَلَا هَمًّا اِلَّا فَرَجْتَهُ وَلَا حَاجَةً هِيَ لَكَ رِضًا اِلَّا قَضَيْتَهَا يَا اَرْحَمَ الرَّاحِمِيْنَ, آمين अर्थः अल्लाह बाहेक कोही उपास्य छैन । उनै हुन सह...

सलातुत् तस्बीह

१) इकरमा (रजि.) ले इब्ने अब्बास (रजि.) द्वारा उल्लेख गरे अनुसार अल्लाहका रसूल (स.) ले उनको बुबा (इब्ने अब्बास (रजि) का बुबा) अब्बासलाई भन्नुभयो “हे अब्बास ! हे मेरा प्रिय काका ! के म तपाईलाई एउटा विशेष चिज नदिऊँ ? के म तपाईलाई १० वटा यस्ता कुराहरु नभनुँ जसलाई यदि तपाई पूरा गर्नुहुन्छ भने अल्लाह तआलाले तपाइको सुरुका र अन्त्यका , पुराना र नयाँ , जान अन्जानमा , साना र ठूला , अरुको सामुन्ने र एक्लै गरिएका सम्पूर्ण पापहरुलाई क्षमा गरिदिनेछन् ? ती १० वटा कुराहरु यी हुन् (अर्थात दुआलाई नमाजका विभिन्न चरण र क्रियामा दस पटक पढ्नु हो) तपाई चार रकअत नमाज पढ्नुहोस् प्रत्येक रकअतमा सूरह फातिहा र अर्को एउटा सूरह पढ्नुहोस् । जुन बेला तपाई पहिलो रकअतको किराअतलाई सम्पन्न गर्नुहुन्छ , कियामकै अवस्थामा भएको बेला १५ पटक यो दुआ पढ्नुहोसः سُبحانَ اللهِ، والحمدُ للهِ، ولَا إلهَ إلَّا اللهُ، واللهُ أكبر  अल्लाह पवित्र छन् सम्पूर्ण प्रशंसा एवं आभार केवल अल्लाहका लागि हुन् उनी बाहेक अरु कोही उपस्य छैन र उनी सबैभन्दा महान छन् । अनि रुकू गर्नुहोस् र रुकूमा उक्त दुआलाई १० पटक पढ्नुहोस्। अनि र...

सवारी साधन वा जहाजमा नमाज पढ्नु

१) इब्ने उमर (रजि.) को भनाई अनुसार कसैले अल्लाहका सन्देष्टा (स.) सित सोध्यो “म जहाजमा कसरी नमाज पढुँ ?” अल्लाहका सन्देष्टा (स.) ले जवाफ दिनुभयो “उभिएर नमाज पढ यदि तिमीलाई ढल्ने आशंका छैन भने (अन्यथा बसेर नमाज पढ) ।” (दार कुत्नी , हाकिम)

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...