सीधे मुख्य सामग्री पर जाएं

संदेश

तल्बिया

१) उम्मे सलमा (रजि.) भन्छिन् , “ मैले अल्लाहका रसूल (स.) लाई भन्दै गरेको सुनेको छु “हे मुहम्मदका वंशका मानिसहरु हो ! तिमीहरूमध्येबाट जो हज गर्छ उसले तल्बिया भनोस् ।” (अह्मद) २) जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि कुनै व्यक्तिले दिन हुनासाथ इह्राम बाध्यो र तल्बिया भन्यो (र ऊ यसै अवस्थामा हुँदा) सूर्यास्त भयोभने सूर्य उसका पापहरुलाई लिएर अस्ताउँछ र ऊ पापहरुबाट यसरी पबित्र हुन्छ जसरी ऊ आफ्नो जन्मको दिन थियो ।” (अह्मद , इब्ने माजा , बैहकी , तबरानी) ३) अब्दुल्लाह बिन मस्ऊद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “सबैभन्दा उत्तम हज त्यो हो जसमा अज् (आवाज ठूलो पार्नु) र सज् (रगत बगाउनु) हुन्छ । अज्को अर्थ तल्बिया हो र सज्को अर्थ कुर्बानी हो ।” (मुस्नद अबी यअ्ला) ४) अब्दुल्लाह बिन उमर (रजि.) भन्छन् , मैले अल्लाहका रसूल (स.) लाई तल्यिा भन्दा यी शब्दहरु भन्नु भएको सनें لَبَّيْكَ اللَّهُمَّ لَبَّيْكَ ، لَبَّيْكَ لَا شَرِيكَ لَكَ لَبَّيْكَ ، إِنَّ الْحَمْدَ وَالنِّعْمَةَ لَكَ وَالْمُلْكَ ، لَا شَرِيكَ لَكَ अर्थः म उपस्थित छु । ...

इह्रामको अवस्थामा गर्न हुने कामहरू

१) अब्दुल्लाह बिन हुनैन (रजि.) भन्छन् , “ म अब्दुल्लाह बिन अब्बास (रजि.) र मिस्वर (रजि.) का साथ “अब्वा” (मक्का र मदीनाको बीचमा पर्ने एउटा ठाउँ) मा थिएँ । इह्रामको अवस्थामा टाउको धुने विषयमा कुराकानी हुन लाग्यो । मिस्वर (रजि.) को बिचार अनुसार इह्रामको अवस्थामा टाउको धुने अनुमति छैन । इब्ने अब्बास (रजि.) को बिचार अनुसार यसमा कुनै आपत्ति छैन । यस विषयमा (जानकारी लिनको लागि) इब्ने अब्बास (रजि.) ले मलाई अबू अ‍ैयुब अन्सारी (रजि.) को मा पठाए । उनकोमा गएर म भनुँ कि ‘तपाईको भतिजा अब्दुल्लाह बिन अब्बास (रजि.) ले तपाईलाई सलाम भनेका छन् र सोधेका छन् कि इह्रामको अवस्थामा अल्लाहका रसूल (स.) आफ्नो टाउको कसरी धुने गर्नुहन्थ्यो ?’ मैले उनलाई कुवासँगै रहेको दुईवटा काठको बीचमा गुस्ल गरेको देखें । उनले एउटा लुगाले पर्दा गरेका थिए । जब उनलाई मेरो आगमनको आभास भयो तब उनले लुगा आफ्नो छाती नजिकै लगे उनको अनुहार देखिन थाल्यो । एउटा मान्छे उभिएर उनको टायकोमा पानी खन्याइरहेको थियो । अबू अ‍ैयूब (रजि.) ले आफ्नो दुबै हातले टाउको मल्न थाले । त्यसलाई अगाडि तिर लगे र पछाडि लगे (जब मैले फर्केर इब्ने अब्बास (रजि.) र ...

इह्रामको अवस्थामा गर्न नहुने कामहरू

१ ) कअ्ब बिन अज्रह (रजि.) को भनाई छ , अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो “सायद तिमीहरूलाई जुम्राहरुले हैरान पारिरहेका छन् ।” मैले भनें “हजूर , हे अल्लाहका रसूल” । उहाँ (स.) ले भन्नुभयो “त्यसो भए तिमीहरु मुण्डन गराऊ र (फिद्याको हिसाबले) तीन दिनको रोजा राख वा ६ जना अभाव ग्रस्तलाई खाना खुवाऊ वा एउटी बाख्रीको कुर्बानी गर ।” (बुखारी , मुस्लिम , आदि) २ ) अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसुल (स.) ले भन्नुभयो “जो इह्रामको अवस्थामा छ ऊ न कमिज लगाओस् , न फेटा बेरोस् न बुर्नुस् (एक प्रकारको जुब्बा जसमा बर्स अर्थत एक प्रकारको सुगन्ध वा केसर लागेको होस् न मोजा प्रयोग गरोस् तर यदि उसले जुत्ता भेटाएन जुन “कअ्ब” (गोलीगाँठो ¬¬) मुनिसम्म मात्र हुन्छ भने ऊ मोजा नै प्रयोग गर्न सक्छ जबकि ऊ त्यसलाई गोली गाँठोको मुनिसम्म काटोस् ।” (बुखारी , मुस्लिम , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा , अह्मद आदि) ३ ) अब्दुल्लाह बिन उमर (रजि.) द्वारा उल्लेखित माथिको हदीसको एउटा अर्को हदीसमा यी शब्दहरू बढी प्रयोग भएका छन् “इह्रामको अवस्थामा महिलाले अनुहारमा नकाब नलगाउने र पन्जा प्रयोग नगर...

इह्रामका प्रकारहरु

१) इफ्राद अर्थात केवल हजको नियत गरेर इह्राम बाँध्ने ।  २) तमत्तुअ् अर्थात केवल उम्रहको नियत गरेर इह्राम बाँध्ने । उम्रह समाप्त भएपछि इह्राम खोल्ने अनि फेरी तर्बियाको दिन (८ जिल् हिज्जाको दिन) हजको नियत गरेर दोस्रो पटक इह्राम बाँध्ने ।  ३) किरान अर्थात हज र उम्रह दुबैको नियत गरेर इह्राम बाँध्ने । वा इह्राम केवल उम्रहको नियत गरेर बाँध्ने तर उम्रह समाप्त हुनु अघि नै हजको पनि नियत गर्ने र हज समाप्त नहोउन्जेलसम्म इह्राम नखोल्ने ।    इह्रामका यी तिनैवटा प्रकारहरु सम्पुर्ण इमामहरुका अनुसार सही हुन् । ( अल्–फत्ह अल्–रब्बानी, आदि)  १) आइशा (रजि.) को भनाई छ, हिज्जतुल् विदाअ्को अवसरमा हामीहरु अल्लाहका रसूल (स.) सँग हिँड्यौ । हामीहरुमध्ये केहीले केवल उम्रहको लागि इह्राम बाँध्यौं, केहीले हज र उम्रह दुबैको लागि इह्राम बाँधे र केहीले केवल हजको लागि इह्राम बाँधे । अल्लाहका रसूल (स.) ले केवल हजको लागि इह्राम बाँध्नुभयो । जसले केवल उम्रहको लागि इह्राम बाँधेको थियो उसले त्यहाँ पुगेर (अर्थात उम्रहका रीतिहरु सकेर) इह्राम खोलिदियो । जसले हज वा हज र उम्रह दुबैको ला...

इह्राम

**इह्रामको शाब्दिक अर्थ कुनै यस्तो अवस्थामा (चिजमा) प्रवेश गर्नु हो जसले मानिसमाथि केही कामहरुलाई अबैध बनाइदिन्छ जुन त्यस भन्दा पहिले उसको लागि वैध थिए । यसको पारिभाषिक अर्थ अनुसार हज वा उम्रहको अवस्थामा प्रवेश गर्नु (अर्थात तिनको नियत गर्नु) हो । (अल्–मिस्बाह अल्– मुनीर आदि)  #गुस्ल १) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) इह्राम बाँध्ने नियत गर्दा खनमी (बेरीका पातहरु जस्तै एउटा चिज) र उश्नान (एक प्रकारको बास्नादार चिज जुन चिलाउने रोगको उपचारको लागि प्रयोग हुन्छ) ले आफ्नो टाउको धुनु हुन्थ्यो र त्यसमा अलिकति तेल लगाउनु हुन्थ्यो । (अह्मद र दार कुत्नी)  २) जैद बिन साबित (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले इह्रामको लागि गुस्ल गर्नुभयो । (तिर्मिजी)  ३) जाबिर (रजि.) द्वारा उल्लेखित हदीस पहिले नै उल्लेख गरिसकिएको छ जस अनुसार अबू बक्र सिद्दीक (रजि.) की पत्नी अस्मा बिन्त उमैस (रजि.) को छोरा मुहम्मद बिन अबी बक्र (रजि.) को जन्म भयो । उनले अल्लाहका रसूल (स.) कहाँ सन्देश पठाइन् र सोधिन् “अब के गर्ने ?” उहाँ (स.) ले उनलाई जवाफ पठाउनु भयो “गुस्ल गर र र...

मवाकीत–इह्राम बाँध्नको निम्ति अन्तिम सीमाहरु

१) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले मदीनाबासीहरुका लागि जुल्–हलीफा, सीरियाबासीहरुका लागि हुज्फह, यमनबासीहरुका लागि यलम्लम र नज्दबासीहरुका लागि कर्नलाई मीकात निश्चित गर्नुभयो र भन्नुभयो “यो मीकात यस वरपरका मानिसहरुको लागि हो र तिनीहरुको लागि हो जो हज तथा उम्रहको नियतले यी ठाउँहरुबाट आउँछन् । जसको घर मीकात र मक्काको बीचमा रहेको छ उसको मीकात त्यही हो जहाँबाट ऊ हिँड्छ । मक्काबासीहरुको मीकात पनि उनीहरुका घर हुन् । (बुखारी, मुस्लिम, अह्मद, आदि)  २) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले इराकबासीहरुको लागि जात इराकलाई मीकात निश्चित गर्नुभयो । (अबू दाऊद, नसई)  ३) अबदुर्रहमान बिन अबी बक्र (रजि.) को भनाई अनुसार जुन दिन अल्लाहका रसूल (स.) (हिज्जतुल् विदाअ् पछि मदीना मुनव्वरह) जाने तर्खरमा हुनुहुन्थ्यो त्यस बेला उहाँ (स.) ले भन्नुभयो, “यो उँटनी लिएर जाऊ, यसमा आफ्नी बहिनी (आइशा (रजि.)) लाई पनि चढाऊ । जब तिमी तन्ईम (मक्का मुअज्जमा भन्दा चार मीलको दुरीमा रहेको एउटा ठाँउ हो जुन हरम .(कअ्बा) को सीमा भन्दा बाहिर मक्का मुअज्जमाको सबैभन्दा नजिकको ठाउँ...

ततव्वुअ (सुन्नत र नफ्ल नमाजहरु)

*फर्ज नमाजहरुमा हुने कमी कमजोरीको भर्पाइ गर्नको लागि यी फर्ज बाहेकका नमाजहरुलाई राखिएका छन् ।  १) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “मानिसहरुको क्रियाकलाप मध्येबाट सबैभन्दा पहिले नमाजको विषयमा सोधपुछ गरिनेछ । अल्लाहलाई ज्ञान भए पनि आफ्ना फरिस्ताहरुसँग सोध्नेछन् “मेरो भक्तको नमाज हेर । के उसले त्यसलाई पूरा गर्यो वा त्यसमा कुनै कमी बाँकी छ ?” यदि नमाजहरु पूरा छन् भने  त्यसलाई पूर्ण लेखिन्छ र यदि त्यसमा कुनै कमी छ भने अल्लाह भन्छन् “मेरो भक्तको फर्ज नमाजको कमीलाई त्यस फर्ज बाहेकका नमाजहरुले पूरा गरिदेऊ ।” अनि यसरी नै सम्पूर्ण क्रियाकलापहरुको जाँच गरिनेछ ।” (अबू दाऊद) २) रबीआ बिन मालिक अस्लमी (रजि.) ले भनाई छ, अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, “माग” । मैले भने. “हे अल्लाहका रसूल ! म स्वर्गमा तपाईको साथ हुन चाहन्छु ।” उहाँ (स.) ले भन्नुभयो “अरु केही ?” मैले भनें “यही मेरो इच्छा छ ।” उहाँ (स.) ले भन्नुभयो” त्यसो भए धेरै सज्दाले मेरो सहयोग गर ।” (मुस्लिम)